लघुकथा
डर
– दीपक समीप
फरक–फरक जीव, जीवात्माहरू एक दिन एउटा रुखमुनि बसेर सबैले पालैपालो आफ्ना कुराहरू राख्दै थिए ..... ।
गुलाबले भन्यो– म काँडाहरूको बीचमा पनि बाँचिरहेको छु । आजभोलि मलाई काँडाप्रति आस्था छ ।
परेवाले भन्यो– म बाजहरूको बीचमा पनि बाँचिरहेको छु । आजभोलि मलाई बाजप्रति अलिकति विश्वास छ ।
मृगले भन्यो– म सिंहहरूको बीचमा पनि बाँचिरहेको छु । आजभोलि मलाई सिंहप्रति थोरै भरोसा छ ।
एवम् क्रमले अरुअरु जीवहरूको पनि बोल्ने पालो आउँदै थियो । त्यसै बीचमा एउटा मान्छे कताबाट अचानक टुप्लुक्क आइपुग्यो । तत्पश्चात सबैको भागाभाग भयो ..... ।
पोखरा
लघुकथा
आगामी दिनमा
–ध्रुव मधिकर्मी
झमक्क साँझ प-यो ।
साथीसित कुरा गर्दागर्दै समय सरक्क बितेको पत्तै भएन रामीलाई । कुरैकुरामा यसो घडी हेरेपछि पो ऊ झसङ्ग भई – लौ मा¥यो ! अब कसरी घर फर्कने ! उसले झ्यालबाहिर हेरी । घाम डुबिसक्यो । उज्यालो मात्र अलिअलि बाँकी छ । लौ न, अब म कसरी घर जाने ! ढिला भइसक्यो, उसले चिन्ता प्रकट गरी ।
भर्खर साढे छ भयो, केको ढिला हुनु, साथीले घडी हेर्दै उसलाई आश्वस्त पार्न खोजी ।
साढे छ भनेर के गर्ने ! अँध्यारो हुन लागिसक्यो, अब म कोसँग घर फर्कने होला । आज मैले भाइलाई पनि ल्याइनँ नत्र उसैसँग जान हुन्थ्यो ।
चार पाइला जानलाई पनि केको साथी चाहियो तँलाई ?
चार पाइला भनेर के गर्ने ? बाटोमा डर लाग्दैन कि क्या हो !
के को डर मान्नु कसले के गर्छ ? साथी आश्वस्त पार्न खोज्दै थिई तर ऊ आश्वस्त भइन ।
त्यसपछि उसले घरमा फोन गरी । उसकी आमाले फोन उठाई ।
मम्मी, म रामी , साथीकहाँ छु । उसले अलि हडबडाएको स्वरमा भनी ।
किन, के भयो ?
हेर्नोस् न ममी, छिटो घर आउँछु भन्दाभन्दै ढिलो भएछ । भाइलाई पठाउनोस् न म उसैसँग आउँछु ।
के तिमी एक्ली आउन सक्तिनौ ? रचनाको घरबाट यहाँसम्म आउन पनि कति बेर लाग्छ र ?
कसरी आउनु एक्लै, डर लाग्छ नाइँ ! भाइलाई पठाउनोस् न मम्मी, रामीले आमालाई मनाउन खोजी ।
रामी, के भनेकी तिमीले । तिम्रो सुरक्षाको लागि भाइलाई पठाउने ? भाइ त तिमीभन्दा सानो छ । उसले तिम्रो सुरक्षा कसरी गर्न सक्ला ? तिमीले त आफ्नो सुरक्षा आफै पो गर्नुपर्छ । तिमीलाई पढाएको, लेखाएको के यस्तै डरछेरुवा हुनलाई हो ? यस्तो सम्साँझमा हिँड्न नै तिमीलाई डर लाग्छ भने आगामी दिनमा जीवनका अँध्यारा रातहरु तिमी कसरी छिचोल्छौ ? यति भनेर उसकी आमाले फोन राखिदिई ।
लघुकथा
सम्मोहन– ईश्वरमणि अधिकारी
“रेखा, तिमी मसँग बिहे गछर््यौ ?” दुई वर्Èअघि बाणिज्य शास्त्रमा स्नातकोत्तर गरेको प्रकाशले मावली गाउ“को छिमेककी रेखालाई एकदिन अचानक भन्यो, जसलाई उसले केही वर्Èअघि देखि मनमनै आप्mनु बनाएको थियो ।
भर्खरै जस्तो बि. ए.को पढाइ सकेर एउटा निजी कम्पनीमा जागिर सुरु गरेकी रेखा राम्री थिई ,चलाख र चुलबुले पनि थिई, निडर र कडा मिजासकी थिई, बिनाभूमिका आप्mना कुरा राखिहाल्थी । उसले तत्काल प्रतिक्रिया जनाई, “तिमीसँग के छ र बिहे गर्ने ? दुई–दुई वर्Èदेखि बेरोजगार छौ, एउटा सानो जागिर त छैन, कसरी पाल्छौ ?”
प्रकाश घाइते भयो, र पनि सम्हालिँदै भन्यो– “जागिर पो छैन त, पढेको छु, मेहनती छु , जागिर खोज्ने जागिर त छ नि मसँग† जवान छु, तिम्रो लागि लायक छु र तिमीसँग बिहे गर्नका लागि मसँग भएको सबैभन्दा ठूलो योग्यता भनेको म तिमीलाई मन पराउँछु र तिमीलाई एकदम माया गर्छु ।”
रेखाले हाँस्दै भनी, “अरे बाबा ! मन पराएर र माया गरेर मात्रै पुग्छ ? हैसियत चाहिन्न ? अहिलेको जमानामा सबैभन्दा ठूलो कुरा त हैसियत हो र हैसियतको सीधा सम्पर्क सम्पतिसँग हुन्छ, सुख, सन्तोÈ, माया, प्रेम सबै पैसामा अडेको हुन्छ† धन सम्पति नै नभए त्यो निस्तो माया प्रेमले के गर्नु ?”
रेखाको दौलत मोह र जीवनप्रतिको दृष्टिकोण सुनेपछि प्रकाश मुस्कुराउँदै बोल्यो– “अरे यार, पैसा नि हुन्छ नि एकदिन† अहिले पो छैन त† पछि त हुन्छ† आखिर धन दौलत नै सर्बस्व त हैन नि ? आनन्द को स्रोत धन हैन रेखा, मन हो ? अनावश्यक दौलत मोहले मान्छे दुःखी र दरिद्री बन्छ रेखा ।”
“कसरी हुन्छ ? बर्सिन्छ आकासबाट ? कि, उम्रिन्छ धर्तीमा ? जागिरै पाएछौ भने नि यो महंगीमा के नै पुग्छ र ? तिम्रो आदर्श तिमीसँगै राख प्रकाश, कविता–सबिता लेख्न काम लाग्छ ।”
प्रकाशले गम्भीर हुँदै भन्यो– “तिमीले सोचजस्तै कंगाल त छैन नि हो† आमाले सानै उमेरमा छाडेर जानुभो र पो मावलीमा बसेर पढेको त† नत्र बाबाको नाममा भएका घर–जग्गा, बैंक ब्यालेन्स र अन्य व्यवसायहरुको एकलौटी वारिश आखिर मै त हुँ, फरक यत्ति त हो म आप्mनै किसिमले उभिन चाहन्छु, आप्mनै पौरखमा । नत्र सत्तरीको हाराहारीका मेरा बा डाँडामाथिका घाम भैसकेका छन् ।”
रेखा मुस्कुराई र बाटो लागी, उसको बाटो हेरिरह्यो प्रकाश परसम्म, देखुन्जेल† सोचिरह्यो मनभरि कुरा† रेखा जति राम्री छे त्यति हठी पनि छे , एकदिन न एकदिन उसको हठ पग्लिन्छ जरुर ।
प्रकाश फेरि पनि जागिरकै खोजीमा लाग्यो । लगभग तीन–चार हप्ता घरबाहिरै भयो । कहिले कुनै कम्पनीको लिखित परीÔा, कहिले कुनै बैंकमा अन्तर्वार्ता, आवश्यकताका विज्ञापनहरुमा सपना साट्नु र त्यही सपनामा रेखास“ग रमाउनु उसको दिनचर्याजस्तै बनेको थियो । एक मन त लाग्थ्यो, सबै कुरा बाबालाई भनू“ र उनकै व्यवसाय सम्हालूँ† र सँगै, रेखालाई पनि तर उसको मनले मानेन ।
एक महिनापछि घर फर्कंदा सुनै–सुनले पुरिएकी, सिन्दूर, चुरा, पोतेमा सजिएकी रेखालाई आप्mनै घरमा देख्दा उसलाई स्वप्नजस्तै लाग्यो । दङग प¥यो ऊ । उसलाई हेर्दै मुस्कुराउँदै उसकै घरभित्र छिरी । भान्सामा गई । चिया बनाई र उसलाई दिँदै भनी– “ल बाबु चिया खाऊ, थाकेर आयौ हौला । छोटो बाटो पो हिड्नु पर्छ ।”
कथा
भन्दै थियो– खजे दुरा र इतिहासको अर्को भ्रमित पात्र
- सुन्दर मानन्धर
परबाट हेर्दा यति ठूलो रुख पनि बोट देखिने रहेछ, बोटलाई अति नजिकबाट हेर्दा रुख देखिने रहेछ । यी रुखहरु–बोटहरु वर्षौंदेखि ठिङ्ग उभिएको उभिएकै भएर निश्लोट बाँचिरहेछन् । आफ्नो वरिपरि मौसमी मगमग सुवास छर्दै मानिसको जीवनलीलालाई चुनौति दिइरहेछन् । उता मानिस चाँपको बोटमुनि ठसठस गन्हाउँदो भएर पुस्तौली सेतो धोती आँधीखोलाको बगरमा फिँजारिरहेछ ।
चाँपको फेंदमुनि कोटघरको पालेले भन्यो– ” हजुर ! बारुदको गन्ध आएर बसिखप्नु भएन, यो चाँप किन बसाउँथ्यो ? मगमग बास्ना चलेको भए हामीले यसलाई यस्तो विरुप देखिने गरी किन नङ्ग्याउँथ्यौँ ? नाङ्गिएका युक्लिप्टसहरुलाई किन बलात्कार गथ्र्यांै ? यी झार, दुबो, पाती, सिस्नो तथा ऐँसेलुका झाङहरुसमेत हाम्रा दुस्मन बने ।”
“क्यामोफ्लेज बन्न सक्थ्यौँ ।” विस्मयभावले आकास हेरेर टोल्हाउँदै चाँपले भन्यो– “युग बोकेर ठिङ्ग उभिएका हामीलाई तिनका दरसन्तानले नङ्ग्याए, तिनका बाजेलाई मीठो सुवास छर्ने हामी कसरी बारुद बन्यौँ ? हामी स्थिर रह्यौँ, तर नयाँहरुका घ्राणशक्ति फेरिएछन् ।”
“मेरै छत्रछायामा बसेर मेरै ओत खाएर, मैले दिएको प्राणवायुले आपूmलाई सिँचेकाहरु मेरै ओत खाएर, मेरै बद्नाम गरिहिँड्नेहरुले आपूmलाई कहिले चिन्ने हुन् ?” चाँप सुस्तायो ।
पालेले कुरा बुझेर पनि नबुझेझैँ ग¥यो । हरेकले आ–आफ्नो कर्तव्य निर्वाह गर्नुपर्ने भएकाले होला– नबोल्नु नै उपयुक्त ठान्यो । के गर्नु, कर्तव्यले मानिसलाई साँचोलाई झूट र झूटलाई साँचो बनाउन लगाउँछ, त्यसमा पनि कोटघरको पालेकोे बाध्यता थियो– गम खान ।
परबाट बग्दै आएको आँधीखोलामा एकजना मानिस तैरिंदै–उत्रिंदै गरेको देखियो । वर्षायाम भएकाले उर्लेको आँधीको पानी धमिलो थियो, नदीले आफ्नो दायाँबायाँ किनारा बढाएको थियो । नदीले आपूm शक्तिशाली भएको देखाउनलाई होला– मानिसका खेतहरुसमेत आफ्नो कब्जामा लिएको थियो । त्यो मानिसको टाउकामा भएको गजबको सिल्कनलाई एउटा हातले समातिराखेको थियो । नदीको पानीभित्र टाउको मात्र देखिएको त्यो मानिसले ‘गुहार’स्वरुप एउटा हात हल्लाइरहेको थियो ।
चाँपको बोटमाथि टुप्पोमा बसिरहेको क¥याङकुरुङको एक झुण्डको बीचमा बसेर हेरिरहेको एउटा लोर्के क¥याङकुरुङले भन्यो– “हेर लाज पचेको मानिस, आपूmले श्रवणकुमारलाई मार्न हुने, जङ्गलका जीवजन्तुका सिकार गर्न हुने, नदीले बगाउँदा गुहार माग्ने ? यस्तो मान्छेले त नदीलाई नै पो जित्नुपर्छ ।” दोस्रो क¥याङकुरुङले खिसी गर्दै भन्यो– “ती मान्छेका जातै यस्तै हुन् क्या । यिनीहरु आपूm शक्तिशाली हुँदा संसारै आफ्नै देख्छन्, संसारभरकै मानिस र अन्य प्राणीमाथि शासन गर्न खोज्छन् । कमजोर बनेपछि आपूmभन्दा निर्बलियो पनि कसैलाई ठान्दैनन् । यी यस्तै हुन् । पाजीहरु....! ”
पुलमाथि बसेर माथिबाट बग्दै आएको मानिसलाई हेरिरहेका मछुवाहरुले त्यो मानिसलाई चिने, पुस्तौनीदेखि डर–त्रास देखाएर आपूmहरुलाई दुःख दिइरहने त्यो मानिसलाई देखेपछि मछुवाहरु एकछिन त अकमक्क परे । उनीहरुले आफैलाई बिर्से– होइन यो मानिसको आज यो गति, बिचरा कसले बनाएछ ? आपूmलाई बचाउन गुहार मागिरहेको त्यो मानिसलाई देखेपछि मछुवाहरुको मनमा दया पलाएर होला– एकजनाले लामो डोरीको सहाराले पुलबाटै जाल हान्यो ।
तर कस्तो अचम्म ! कस्तो बिडम्बना ! त्यो मानिसको टाउकाको सिल्कन टल्किरहेको टोपी र पोसाकमात्र जालभित्र आयो, मानिसको अत्तोपत्तो छैन । मछुवाहरु तीन छक्क परे ।
“श्री सकिएपछि त मानिसको विजोगै हुँदोरहेछ” अघिको पठ्ठो क¥याङकुरुङ बोल्यो । त्यो टोपी र पोसाक उसको रहेनछ, पुख्र्यौली रहेछ, कुन जुगदेखि पहिँरदै आएको पोसाक मक्किसकेको, टाउकाको भव्य सिल्कन जडिएको टोपीको शान हराएको– धिक्कार छ ! इतिहासमा यो पुस्ताको यो दशा ।” मान्छे नभेटे पनि पोसाक र टोपी चिनेरै एकजना वृद्घ माझीले भन्यो ।
“छोड्दे दाइ, केही भएको छैन, यस्तालाई किन माया गर्नु ? हाम्रो यो गति बनायो, इतिहासदेखि माछा मार्ने, नदीमा बगाएको मान्छेलाई छोपेर उद्घार गर्नेभन्दा बढीमा हामी केमा सप्रियौँ र ? मोरोलाई बचाउन खोजेको पोसाक र टोपी मात्रै आएछ, अब यही पोसाकभित्र–टोपीभित्र इतिहास पस्नुपर्छ ।” अर्को युवा माझी जोसियो । माझीहरु झुत्रो पोसाक र सिल्कन अङ्कित रङ उडिसकेको टोपी बोकेर फाँटफाँटै लागे ।
युक्लिप्टसहरुको नाङ्गो बोटमाथि बसेर तमासा हेरिरहेको “बाज” चाहिँ मानिसले बोकेको पोसाक–टोपीमा आँखा गाडिरहेको थियो ।
बिचरा ! क¥याङकुरुङह “बाज”लाई देखेपछि चाँपको हाँगा–हाँगामा लुक्न पुगे । आपूmभन्दा ठूला र शक्तिशाली देखेपछि कस्तरी डराएका ! अझ गहिरिएर लुके ।
परको चुच्चे ढुङ्गामाथि बसेर हेरिरहेका दुईजना वृद्घमध्ये एकजनाले नदीमा बगाएर ल्याएको मानिसलाई सङ्केत गर्दै भन्यो– “त्यो मान्छेलाई बचाउन के पो गरिएन र ! यिनका सारा दरसन्तानलाई चिन्दछु म, मेरा बराजुले यिनलाई जोगाइदिएका हुन् । यिनीहरु केही गर्दैनथे, नाम मात्र हो यिनीहरुको, काम केही थिएन र छैन पनि । दुःख गर्ने त हामीजस्तै, माझीजस्तै, किसानजस्तै, सिपाहीजस्तै,...... जस्तैहरु नै त हो । नाम मात्रले पनि यिनीहरु हीरा बनेका थिए, वास्तवमा यिनीहरु चम्केका थिएनन्, अरुद्वारा चम्केका थिए, देखियो, चाल पाइयो । अब त्यो मान्छे बग्दै–बग्दै जानुपर्छ । मान्छेको शरीरबाट लुगा छोडाएपछि त प्राकृतिक रुपमा सबै उस्तै । बग्दै–बग्दै जाओस् न त्यो नदीसँगै कहाँ–कहाँ । समुन्द्रमा पुग्नुपर्छ, अनि थाहा पाउँछ संसार ।
वर्षायाम नदीको भेलसँगै भर्खर जन्मेको नवजात शिशुजस्तै प्राकृतिक रुपमा आँधीको धमिलो पानीमा उँधै–उँधै बगिरह्यो । युगौँअघि श्रवणकुमार (हरु) लाई मारेको स्मरण ग¥यो, अन्धाअन्धीको श्राप आँखामा नाचिरह्यो, कर्मको फल भोगेको महसुस ग¥यो ।
बग्दै गयो ऊ, आँधीको एकोहोरो प्राकृतिक बगाइसँगै बहकियो ऊ, र इतिहासका पानाहरु पर्लक्क पल्टे– आलमदेवी, कास्कीकोट, लमजुङ, गोरखा... । पानीसँगै बग्यो ऊ, दक्षिणतिरको गहृौसुरको अग्लो डाँडो देख्नेबित्तिकै उसलाई भक्कानो फुटाएर रुँ–रुँ लाग्यो । सोच्यो उसले– हिजो÷आज । उप्m ! म के भएँ । पानीबाट निस्कने प्रयास ग¥्यो, के भएर हो सकेन निस्कन । लहरसँगै बगिरह्यो ।
बग्दै गयो ऊ, इतिहासले झन् नजिकबाट सुत्त तानेर ल्यायो । आलमदेवी ! ! आँधीमा बग्दै गर्दा गर्जियो एकतमाससँग । हिजोहरुमा त्यो माटोबाट उँभैउँभो लागेको, त्यहाँ आएर मानिसहरुलाई एकत्रित पारेर आफू सबैभन्दा “ठूलो” बनेको, अझ लमजुङ–गोर्खा–काठमाडौंको घनचक्करे इतिहासले पोलेर होला– पानीबाहिर निस्कने दुष्प्रयास ग¥यो ।
प्राकृतिक रुपमै पानीबाहिर निस्क्यो ऊ । आफ्नो शरीर देखेर उसलाई अनौठो लाग्यो, माझीहरुको जालले उसलाई बिछट्टसँग नङ्ग्याएको थियो । दिग्भ्रमित बन्यो ऊ र मनमनै गर्जियो– “मेरो इतिहास, म तँैसँग आएँ ।”
आलमदेवीलाई गोलचक्कर मारेपछि आकास हेर्दै टोलाउँदै गर्न थाल्यो । “मानिसहरु लाजले आँखा छोपे, मानिसहरुले पागल÷बौलाहा÷सन्की÷नकचरोजस्ता विभिन्न उपनाम दिए । परिचय हराएको “त्यो मान्छे” को हो ? को !
उसले आफ्नो इतिहास वमन गर्यो । मानिसहरु जिल्ल परे । पत्याउनै नसकिने घटना– होइन होइन ! “नभएको होइन, हो, हो, हो” कत्रो अन्धाकार भ्रमभित्र पर्ने । विश्वासै थिएन कसैलाई पनि । सबैले “बौलाहा” प्रमाणित गरे । उसले सबैलाई “बौलाहा” प्रमाणित ग¥यो । सञ्जनै छैन ?
आँधीखोलाको किनारै–किनार इतिहास ओढेर बाक्लो हुस्सु र कुहिरोभित्र हराएको भ्रमित पात्र बन्यो ऊ, उसले त्यहाँ कोही चिनेका मानिसहरु छन् कि हे¥यो । अहँ, कोही भेटिएन क्षणभर । अलि पर एउटा मानिस– शरीरमा भोटो लगाएको, पटुका बेरेको, खुट्टा खाली, पाइलाहरु परपर्ती चिरिएका, छुस्सछुस्स कहीँकहीँ दाह्रीजुँगा बढेको, एउटा हातमा लट्ठी, भारी बोकेजस्तै चाँदीको जाबी बोकेको– बूढोलाई देखेपछि भीरमा खरको त्यान्द्रो पाएर समाउन खोजेझैँ हुत्तिएर गयो र बूढोलाई समाउन खोज्यो । बूढो केही पर हुँदै भन्न थाल्यो– “मैले यस्तो सोचेर तँलाई “पुरानोकोट” लगेको थिइनँ, तंैले आफ्नो धर्म बिर्सेकैले दुनियाँको हेलाहाँसो भएर बाँच्नुपरेको हो । तेरा लागि यत्तिका वर्षसम्म मैले सास्ती खेपेँ, दुनियाँको गाली सहेँ, तँप्रति मैले गरेको इज्जत–सम्मानलाई तैँले थुकिस्, तँ अधम् भएकैले दुनियाँले दुःख पाएका छन् ।”
बूढाले जाबीबाट एउटा पुरानो भोटो झिक्यो र दिदैँ भन्यो– “तँलाई मैले यहाँबाट यही पुरानो भोटो लगाइदिएर लिएर गएको थिएँ, तैँले यसको अपमान गरिस् । याद छ तँलाई ? कहाँ फालेको थिइस् ? इतिहासका पत्र–पत्रमा मैले यसलाई जोगाएर राखेको थिएँ । अब तैँले जिन्दगीमा पाउने यत्ति होस्....ला....।”
“भोटो” छोएपछि नश्लले झ्वाप्प छोप्यो उसलाई । निकै भक्कानिएर रोयो ऊ, भुक्लुक्क जमिनमा पछारियो ऊ । एकछिनपछि जुरुक्क उठ्यो र भोटोले लाज छोप्यो ।
फेरि आलमदेवीको गोलचक्कर मारेपछि दुईचार कदम अगाडि बढाउँदै गर्दा उसले एउटा लट्ठी भेट्यो । सीधै ऊ आँधीमा हामफाल्यो । आँधीको चिसो पानीमा पस्दै गर्दा उसले सोच्यो– “कसिङ्गर भएर बाँच्नुको कुनै अर्थ रहेनछ । हिजोसम्म मैले गरेका कामहरु मलाई राम्रै, जाती नै लागेको थियो, ठीक गरेँ भनेको थिएँ तर होइन रहेछ– दुनियाँको अगाडि त म यति घृणित पो रहेछु, म कति सारो मन नपर्ने मानिस भएको पो रहेछु ! बुझेँ । जस्तै भए पनि म बाँच्नैपर्छ, यो दुनियाँको रीति हेर्नैपर्छ, म अब बग्दै बग्दै जान्छु, एकदिन समुद्रमा अवश्य पुग्नेछु, त्यो सबैको साझा हो, त्यहीं बस्छु, त्यहीं रमाउँछु । ठूलो भएर बाँचे पनि,सानो भएर बाँचे पनि बाँच्नै हो, म बाँच्नका लागि बाँच्छु । अब मेरो सारा परिचय हराएको छ, म प्राकृत मानव बनेको छु, म आफै कहाँ ठूलो बनेको थिएँ र ? यिनै मानिसले नै त ठूलो बनाएका हुन् । फेरि यिनैले मलाई यति सानो बनाए– मेरो कमजोरीले हो वा युगले नचाहेर हो । राजा–रैती, मालिक–दास मेटिएको युग हो, हे मेरा इतिहासहरु ! तिमीहरुले मलाई यो के सिकायौ ? मलाई यो कस्तो भारी बोकायौ ? किन भ्रमभित्र पाल्यौ ? म परिचय हराएको पात्र, भ्रमित पात्र ।”
पोखरा– १६, बाटुलेचौर
९८४६०४२४०९
प्रमिथस र मान्छेहरु
– सरुभक्त
त्यस बेला पृथ्वीमा सर्वत्र अन्धकार मात्र थियो । उज्यालो कतै थिएन । विचरा मान्छेहरु त्यस समयमा जन्मन, अन्धकारमै सङ्घर्ष गरी बाँच्न अनि अन्धकारमै मर्न अभिशप्त थिए । मानिसहरुको त्यो दयनीय अवस्थादेखि प्रमिथसलाई दुःखको अनुभूति भयो । एकदिन उनले स्वर्गबाट आगो चोरी पृथ्वीमा ल्याए अनि मान्छेहरुलाई दिए ।
आगो चोरी पृथ्वीमा लगेको अभियोगमा स्वर्गका राजा जिउसले प्रमिथसलाई अजम्मरी पीडाको सजाय दिए । यता पृथ्वीमा आगो आइपुगेपछि सभ्यताको विकास गरे, इतिहासको रचना गरे । उज्यालोका ज्ञान–विज्ञानको विकास गरी मान्छेहरु देवताहरुभन्दा शक्तिशाली भए । एकदिन शक्तिको मदमा उनीहरुले एकअर्काको संहार गरे ।
पृथ्वीमा फेरि अन्धकार छायो । अन्धकारमा केही मान्छेहरु मात्र बाँच्न सफल भए ।
अजम्मरी पीडा भोगिरहेको प्रमिथसलाई मान्छेहरुको त्यो दयनीय अवस्था देखी टीठ लाग्यो । एकदिन उनले फेरि स्वर्गबाट आगो चोरी फेरि पृथ्वीमा लगे । आगो देखी मान्छेहरु ओडारतिर भागे ।
“ए ¤ तिमीहरु किन भागेका ? म स्वर्गबाट आएको प्रमिथस हुँ । ल, यो आगो लिएर अब सभ्यताको विकास गर ।” प्रमिथसले माया मानेर भने ।
“होइन हजुर, हामीलाई आगो चाहिँदैन, हामीलाई अन्धकारमै रुमलिन दिनुहोस् ।” मान्छेहरुले भने ।
“किन ?” प्रमिथसले सोधे ।
“आगोले उज्यालो मात्र दिँदो रहेनछ, पोल्दो पनि रहेछ । उज्यालोले सभ्यता विकास मात्र गर्दो रहेनछ, सभ्यता विनाश पनि गर्दो रहेछ ।” मान्छेहरुले भने, अनि ओडारमा गहिरो अन्धकार हरायो ।
प्रमिथसको अजम्मरी पीडामाथि अर्को अजम्मरी पीडा थपियो ।
कथा
प्रतीक्षित ती आखाहरू
-साधना प्रतीक्षा
अस्पतालको शैयामा दुई दिनदेखि ऊ पल्टिरहेकी छे । चेतनाको लेसमात्र पनि उसमा देखि“दैन । टाउको पूरै सेतो पट्टीले बेरिएको छ । नाकमा अक्सिजनको पाइप घुसारिएको छ । उसको अनुहारको रङ देख्दा अनुमान गर्न सकिन्छ कि त्यहा“ कुनै जीवन्तता हुन सक्दैन । प्रश्न आपैंmमा अनुत्तरित छ कि सेता पोशाकधारीहरू किन उसलाई मृत घोषित गर्दैनन् ? के अभैm पनि त्यहा“ जीवन सम्भव छ ? प्रश्नमा अल्झिरहेका एक जोडी आ“खा उसको छेउमा पोखिएका छन् । ती लाचार मर्द आ“खाहरू आÇनी प्यारी छोरी खोज्दैछन् त्यो अचेत शरीरमा । डाक्टर तथा नर्सहरूको आवतजावतस“गै उसमा आशाको झिनो त्यान्द्रो पलाउ“छ अनि भएभरको साहस बटुलेर सोध्छ— “हजुर ! मेरी छोरी कहिले होसमा आउँछे ?”
“हामीले अपरेसन गर्नुअघि नै भनेका थियांै नि अपरेसन सफल हुन पनि सक्छ, नहुन पनि सक्छ । भोलिसम्म होस आउन पनि सक्छ ।” यसबाहेक डाक्टरस“ग जवाफ पनि त थिएन । फेरि राजधानीको गनिएको प्राइभेट अस्पतालका नामी डाक्टरलाई बोल्ने फुर्सद पनि कहा“ हुन्छ र ? त्यो पनि एउटा गरिब गाउ“लेस“ग† बिचरा† ऊ घरिघरि छोरीको चिसिएको शरीर छाम्थ्यो अनि त्यही चिस्यानमा डुबेर भित्रभित्रै थर्र काम्थ्यो । छोरीलाई केही भयो भने....? के जवाफ दिने जहानलाई ? हाम्री छोरीलाई जसरी पनि निको पारेर ल्याउ“छु भन्दै रातारात एम्बुलेन्स झिकाएर ल्याएको थियो । उसले सुनेको थियो, यस्ता अस्पतालमा त जस्तो बिमार पनि निको हुन्छ । आÇनी छोरी अहिलेसम्म इन्तु न चिन्तु भएकामा उसलाई अचम्म लागिरहेको छ ।
उसले पुन छोरीको नजिकै गएर उसलाई नियाल्न थाल्यो । त्यस्ता पुक्क उक्सेका गाला कति चा“डै सुकेर खपटिएछन्† अनुहारको रङै बेग्लै भएको जस्तो लाग्यो । जिउ पनि अररो भएजस्तो । खाल्टोभित्रबाट एकजोडी आ“खाले मौनतामा प्रश्न गरेभैंm लाग्यो उसलाई— “बा ! काठमाण्डु किन यति अ“ध्यारो ?” सा“च्चै उसलाई आÇनो वरिपरि अन्धकार पैmलिएभैंm लाग्यो । फेरि आपूmलाई सम्हाल्यो र मन बुझायो । छोरी होसमा आएपछि उसलाई बिस्तारै निको होला अनि त पूरै सहर घुमाउनेछु । झिलिमिली सहर देखेर ऊ कति रमाउली† मनमनै रोमाञ्चित भयो ऊ । “पसलमा लगेर जिलेबी आदि मीठाइ खुवाउ“दा.....† गुलियो साह्रै मन पराउँछे । बरु भिटामिन खुवाएर भए पनि छिटै निको बनाउनुपर्छ, दसै“ आइसकेको छ । भएका तिनै दुइटा खसी बेचिदिउ“ला नि त ।” यस्तै के के कल्पना गरेर उसले रात बितायो ।
बिहानै एउटी नर्स आएर उसलाई कागजका केही पाना थमाउ“दै भन्छे, “दाइ, तपाईंकी छोरी अब लैजानुस् । यो बिल तिरेर आउनुस् । बेड चार्ज, औषधि, अक्सिजन, रगत....सबै गरेर तीस हजार...।” नर्स आÇनो बाटो लाग्छे । ऊ हेरेको हे¥यै हुन्छ । छोरी कहा“ लैजाने ? ऊ त बेहोसै छ । फेरि यो पैसा† अपरेसनको दस हजार त सापटी मागेर बुझाएको थियो । उसले केही बुझ्नै सक्दैन । बुझोस् पनि कसरी ? एउटा अति सोझो अनि विकट गाउ“ले† ऊ ट्वाल्ल परेर जहा“को त्यहीं उभिइरहन्छ । उसको कानमा छोरीले भनेभैंm लाग्छ— “बा ! हिड हामी आÇनै गाउ“ जाऔ“ । मलाई सहरमा बस्ने रहर छैन । आमाले बाटो हेररिहेकी होलिन् । बा ! मेरो हात समात न । मलाई केले तान्दैछ ...बा, यता आऊ न, म उठ्न सकिनँ, मलाई बोकेर लैजाऊ न.......।”
उजेली गाउ“भरिकै रोजा केटी थिई । नामअनुसारकै उज्याली । मोटीघाटी, टम्म मिलेको जिउ, पुक्क परेका गाला, साह्रै हिस्सी परेकी । बोली मिजास पनि राम्रो हुनाले ऊ सबैकी प्यारी थिई । उमेरले बाह्र वर्ष मात्र भए पनि हलक्क बढेकी । लेकाली गाउ“ हुनाले स्कुल टाढा थियो । बिहानबेलुकी बाख्रा डुलाउने अनि घरको काम गर्नुपर्ने । एउटा सानो भाइ पनि थियो । आमा मेलापात जा“दा त्यसको स्याहार पनि गर्थी । उजेलीलाई पढ्ने साह्रै रहर थियो तर स्कुल नाम मात्रको । शिक्षक प्राय नआउने, आए पनि पढाउने पटक्कै होइन । केटाकेटीहरू पनि प्रायः आउ“दैनथे । उसलाई भने आपूm पनि पढेर छिमेकी रमा दिदीजस्तै हुने रहर थियो । काठमाडौ“मा बसेर जागिर खाने रमा दिदी गाउ“ गएका बेला ऊ खुब पछ्याउँथी । राति पनि उनैकहा“ गएर सुत्थी । सफा सुग्घर र चिटिक्क परेकी रमा दिदी उसलाई आपूmले सुनेका कथाकी राजकुमारीजस्ती लाग्थी । गाउ“का सबैले रमा दिदीलाई मान्थे । सबैले भन्थे, “रमाले धेरै पढेकी छ त्यसैले उसले सुख पाउ“छे ।” उजेलीले आÇनी आमाको दुःख देखेकी थिई । उसलाई लाग्थ्यो नपढेका कारण उसकी आमा र गाउ“का आइमाईहरूले दुःख पाएका होलान् त्यसैले ऊ पढेर त्यस्तो दुःखबाट मुक्त हुन चाहन्छे । आमाबाबुस“ग आपूmलाई रमा दिदीलाई जस्तै धेरै पढाइदिन भन्ने गर्थी । उसका आमाबाबुलाई समस्या परेको थियो किनकि एक त आÇनो गरिबी अर्को गाउ“मा पढ्ने वातावरण पनि थिएन । टाढाको स्कुल त्यो पनि पढाइ नहुने । घरमा कामधन्दामा लाग्ने छोरीलाई यसो अक्षरसम्म चिनाए त भैहाल्यो नि भन्ने मानसिकता ।
तीजताका रमा दिदी गाउ“ आएको बेला उजेलीका बाले ऊस“ग आÇनी छोरीको पढ्ने चाहनाका बारेमा सल्लाह गर्दा रमा दिदीले काठमाडौ“मा आपूmले राम्ररी चिनेको एकजनाले एउटी केटी खोजेको तथा राम्ररी पढाइदिने भनेको सुनाइन् । सानो र शिक्षित परिवार हुनाले काम धेरै गर्नु नपर्ने, फेरि मान्छे पनि असल भएकाले पठाउने भए लगिदिने कुरा गरिन् । यो सुनेर उजेली साह्रै खुसी हु“दै भन्न थाली, “बा ! हामीस“ग सहरमा बसेर पढ्ने पैसा छैन । यहा“ स्कुलमा पढाइ हुँदैन । दस कक्षा पुगेकालाई राम्ररी अक्षर पढ्न पनि आउ“दैन त्यसैले म त्यहा“ गएर राम्ररी पढ्छु र ठूलो मान्छे बन्छु ।” एउटी छोरीलाई त्यसरी अर्काको घरमा पठाउने इच्छा त थिएन तर पनि छोरीको इच्छाका सामु उनीहरूको केही लागेन र उजेली रमा दिदीस“ग काठमाडौ“ जाने पक्का भयो ।
उजेलीको भुइ“मा खुट्टो नै थिएन । ऊ फुरुङ्ग परेकी थिई । रमा दिदीलाई एकछिन नछोडी पछ्याउँथी, मानौ“ उसलाई डर थियो– कतै उसका सट्टा रमा दिदीले अरु कसैलाई पो लगिदिने हो कि ! अचानक उसकी आमा बिरामी परेकाले ऊ रमा दिदीस“ग जान पाइन तर पनि दसै“ सकिनासाथै जाने पक्कापक्की गरेर रमा दिदी सहर गइन् । उजेलीलाई अब रमा दिदी कहिले आउलिन् र उसलाई लैजालिन् भन्ने छट्पटी हुन थाल्यो । ऊ दिनको एकपल्ट रमा दिदीको घरमा गएर उनी कहिले आउ“छिन् भनेर सोध्थी । बिस्तारै उसकी आमालाई निको भएको हुनाले ऊ झनै खुसी भएकी थिई । छरछिमेक अनि साथीहरूलाई उसले आपूm काठमाडौ“ जाने कुरा सुनाइसकेकी थिई । एकातिर उसमा खुसीको सीमा नै थिएन भने अर्कातिर आपूm गएपछि आमालाई कसले सघाउला भनेर कताकता उसलाई दुःख पनि लाग्न थालेको थियो । जे भए पनि आपूm पढेर ठूलो मान्छे बन्ने चाहनाले नै जितेर ऊ सहर जाने निर्णय गरेर दसै“ र रमा दिदीको प्रतीक्षा गर्न थालेकी थिई ।
स्कुलमा दोस्रो त्रैमासिक परीक्षा सुरु हँुदै थियो । उसकी आमाले उसलाई नजिकै गएर बाख्रलाई थोरै घा“स लिएर आइज र स्कुल जालिस्” भनेकीले ऊ ह“सिया र नाम्लो लिएर हिँडी । जाने बेलामा भनी, “नजिक–नजिकको घा“स त तिमीले काटौली नि, अब म नभएपछि त तिमीलाई टाढा जान गाह्रो पर्छ । अब त भाइले पनि तिमीलाई हैरानै पार्छ होला ।” ऊ हरियो घा“स खोज्दै हिँड्न थाली । बाख्रो ब्याउने हुनाले राम्रो घा“स ख्वाउने विचार थियो । अलि तलको भिरमा उसले हरियो घा“स देखेकी थिई । ऊ त्यतैतिर हानिई । रुख चढेर घा“स झार्दै थिई, अनायास खुट्टा चिप्लियो । उसले सन्तुलन गुमाउन पुगी । उसको काठमाडौ“को सपना भङ्ग भयो । बा“की थियो त केवल एउटा करुण चित्कार । तल छङ्छङ् गर्दै बगेको खोलो अनि माथिको त्यो डरलाग्दो भिर ।
घाम डुब्न लागेको बेला वस्तु फर्काउन आएका गाउ“लेले रगताम्य अवस्थामा बेहोस भएर लडेकी बालिकालाई देखेर हारगुहार गरेपछि सबै जम्मा भए । हतार हतार बोकेर सदरमुकाम ल्याइयो र एम्बुलेन्स झिकाएर काठमाडौ“को नामी अस्पतालमा पु¥याइयो । उसको अवस्था अत्यन्त चिन्ताजनक भैसकेको थियो तर पनि एउटा अनपढ र सोझो गाउँलेलाई त्यहा“ ल्याएपछि आÇनी छोरी बा“च्छे भन्ने आशा थियो तर........।
गमलामा हुर्कंदै गरेको एउटा कोपिला फराकिलो अनि मलिलो मैदानमा पुगेर फुल्ने आशा बोकेर त्यो दिनको प्रतीक्षा गर्दै थियो तर त्यो दिन आउनुपूर्व नै उसले यस संसारलाई छोड्नुप¥यो । उसका आ“खामा काठमाडौ“को सपना यति प्रबल रहेछ कि दिनभर मृत्युस“ग लड्दै एकमुठी सास लिएर ऊ त्यहा“ पुगी । बाबुलाई पचास हजारको ऋण बोकाएर ऊ आर्यघाटको पाहुना बनी । चितामा चढाउ“दासम्म पनि उसका आ“खा प्रतीक्षित नै थिए त्यो दिनको........†
त्रि.वि., नेपाली केन्द्रीय विभाग, कीर्तिपुर
कथा
रोजगारी
- रुद्र ज्ञवाली
“तिमीले सोचेजस्तो स्वतन्त्रता त यहाँ पनि छैन त्यसैले तिमी यहाँ नआऊ भनेर पटकपटक सम्झाएकी थिएँ । तर, ऊसले मानेन । आप्mना स्वास्नी छोराछोरीलाई सुइँको नदिएर ऊ काठमाडौं आयो र मसँग फोन सम्पर्क ग¥यो । म काठमाडौंमा छैन, यता छु भनेपछि यतै आयोे । म एक्लै एयरपोर्ट गएर रिसिभ गर्न समाजको कारण असजिलो लाग्यो । त्यसैले एकजना देवर नाता पर्ने मानिस र अर्को एउटी साथी भएर एयरपोर्ट गयौं र उसलाई जुब्ली रिसोर्टको कोठा नं.९९९ मा राख्यौं । उसले रिसोर्टको कोठामा छिर्नेबित्तिकै देवरहरुलाई घर पठाएर मलाई त्यहीँ बस्न भनेको थियो तर त्यो कुरा त्यति बेला सम्भव थिएन ।” उसले भुइँमा नजर गाडेर भनी ।
“उसले मसँग नेपाली सिमको व्यवस्था गर्न भन्यो र मैले त्यहीँ देवर पर्नेको एउटा सिम मिलाइदिएँ । ऊ एकदिन मात्रै त्यो होटलमा बस्यो । धन्न त्यस दिन मेरो श्रीमान् घरमा थिएन । ऊ घरमा भएको भए म ऊसँग बोल्न नै कहाँ पाउँथेँ र । त्यस रात धेरै पटक उसले मलाई फोन गरिरह्यो । रातभरि न ऊ सुत्यो ,न मलाई सुत्न दियो । म त्यो होटलबाट दस पन्ध्र कि.मी. टाढा छुु भन्ने कुराले ऊ व्यग्र भयो । भोलिपल्ट श्रीमान् घर आइनपुग्दै म ऊ बसेको रिसोर्ट गएँ । म एक्लै गएकीले भोको ब्वाँसो सिनुमा झम्टिएझैं ऊ ममाथि झम्टियो । त्यसपछि त्यो सबैथोक त्यहाँ भयो जुन उसको देशमा रहँदा दैनिक हुने गथ्र्यो । घरदेखि धेरै नजिक चिने जानेका मानिस भेटिन सक्ने डरले मैले घरदेखि अलि टाढा राख्न खोजेकी थिएँ तर उसले मानेन । त्यसैले, घरनजिकैको होटलमा बस्ने बन्दोवस्त मिलाइदिएँ । त्यसो गर्दा बजार जाने बहानामा कुनै पनि बेला होटेल पुगेर उसको मन बुझाइदिन सजिलो हुने भयो ।
म यता फर्कने बेला नजा भनेर हुनसम्म हत्ते हालेको थियो उसले । जति हत्ते हाले पनि न ऊ मलाई स्वास्नीको हैसियत दिन सक्थ्यो न म आजीवन उसकी रखौटी भएर बस्न सक्थें । मेरो शरीरमा आकर्षण देखिँदासम्म एकलौटी रखैल कायम राख्न चाहन्थ्यो ऊ । लोग्नेबाट परित्यक्ता मैले आप्mनो भविष्यको बारेमा केही सोच्नैपर्ने भएकाले बिदामा आएकी थिएँ । यहाँ आएपछि पनि उसले फोन गरेर छिट्टैै फर्कन आग्रह गरिरहेको थियो तर यहाँ आइसकेपछि मेरो मनमा धेरै कुरा खेले । अरुका घरबार देखेर मलाई पनि घरबारे हुने रहर जाग्यो । त्यसैले मैले यहाँ आएको केही समयपछि विवाह गरें तर त्यो अरबीको मन किन दुखाउनु भनेर विवाह गरेको कुरा ऊसँग लुकाएँ ।
हुन त अरु नेपाली युवतीको तुलनामा मेरो त्यहाँको बसाइँ धेरै अर्थमा सुगम थियो । पहिलो कुरा, यसबाट मलाई राम्रै अर्थोपार्जन भइरहेको थियो । दोस्रो कुरा, म अरु नेपाली युवतीले जस्तो सामूहिक बलात्कार हुनबाट जोगिएकी थिएँ । त्यहाँका धनाढ्य शेखहरु साह्रै कामुक हुन्छन् । मैले काम गर्ने बगलको घरमा काम गर्ने एउटी केटी छ । त्यसको व्यथा हेरेर त म स्वर्गमा थिएँ जस्तो लाग्छ । मलाई त जेजे गरे पनि यही एउटाले मात्र हो । अरुहरुको तुलनामा यो अरबी अलिक सभ्य छ । छिमेकमा काम गर्ने केटीले भन्थी, ‘उसले काम गर्ने घरमा तीन पुस्ताका लोग्नेमान्छे छन् । लगभग पैंसट्ठी वर्षजतिको रिटायर्ड बूढो छ । त्यसका ३ भाइ छोरा छन् । ३ भाइबाट पाँचवटा नाति छन् । ऊ भन्थी, विधुर बूढाले रातैभरि सुत्न दिँदैन । नानाथरि यौनोत्तेजक औषधिको सेवन गरी रगडिरहन्छ । जब उसको निदाउने समय हुन्छ, मेरो उठ्ने बेला हुन्छ । म उठेर बाथरुम छिर्न पाएकी हुँदिनँ जेठो नातिले घिसार्दै आप्mनो शयनकक्षमा पु¥याउँछ र अश्लील सिनेमामा देखिने सबैथोक गर्छ, गराउँछ । छोरो पर्ने अधवँैसे पनि कम्ती छैन । उसकी स्वास्नी एउटा तेल कम्पनीमा ठूलै दर्जामा जागिरे छ । उसले ओभरटायम गर्नुपर्छ तर उसको लोग्ने त्यहाँको सरकारी जागिरमा छ । ऊ अफिसबाट फर्केर सीधै मेरो कोठामा पस्छ । यतिसम्म लम्पट र भोगी छ कि ऊ ढोकासमेत नढप्काई कपडा फुकाल्न थाल्छ र मेरो शयनकक्ष नपुग्दै नाङ्गिइसक्छ । कुनै लाजशर्म छैन । चढ्दो उमेरको बोकोजस्तै निर्लज्ज छ । अरु त अरु भरखर सोह्र वर्ष टेकेको, कान्छो नातिले पनि मेरो शरीरलाई तालिम केन्द्र बनाउँछ । घरका त भए भए बाहिरबाट पाहुना आउँदासमेत मेरो शरीरले सत्कार गरिन्छ ।’
मेरी साथीले छिमेकी घरमा भोगेको यस्तो बुहार्तनको तुलनामा मलाई कुनै समस्या छैन । त्यही एकजना अधवैंसेसँग सुतिदिए पुग्छ । यहाँ नेपालमै बसेकी भए पनि एकजनासँग सुत्नु त पथ्र्यो पथ्र्याे । दिनभर घरको कामकाज, साँझ घरको जुठो भाँडो अनि आधा रातमा जाँडले मात्तिएर फर्केको कथित लोग्नेको पशुवत् यौन स्वेच्छाचारिता । त्योभन्दा त यो मान्छेसँगको सम्बन्ध धेरै सभ्य र सुखद् थियो । अरु शेखजस्तो होइन । यसले मेरो सुविधाका पनि कुरा गर्छ । मलाई चाहिएको कुनै कुरा कमी हुन दिँदैन, मलाई परिवारका अरु पुरुषले टेढो हेरेको पनि मन पराउन्न । शारीरिक सम्बन्ध कायम गर्दागर्दै प्रकारान्तरले मानसिक सम्बन्ध पनि स्थापित भएको रहेछ यो मान्छेसँग । विदामा यता आउने अघिल्लो राति मलाई अँगालोमा बेरेर यो निकै रोयो, ‘तँ गएपछि फर्किन्नेस् । उतै बिहे गरेर बस्छेस् अनि मलाई कल्ले हेर्छ ? मेरो कपडा कसले धोइदिन्छ ? मलाई औषधि र खाना कसले खुवाउँछ ? तँ नभए म मर्छु सानिया म मर्छु ।’ पटकपटक यसै भनेर रोएको थियो ऊ र छिट्टै फर्केर आउँछु भन्दै उसलाई थुम्थुम्याएकी थिएँ, मैले ।
नागरिकता र पासपोर्टमा मेरो नाम सुनीता भए पनि सम्बन्ध स्थापित हुँदै जाने क्रमसँगै मेरो नाम पनि परिवर्तन गरिदिएको थियो, उसले । सुरुका केही दिन सुनिता नामले नै सम्बोधन गरे पनि पछि पछि सानिया र अचेल सान्या भनेर सम्बोधन गर्छ, ऊ । बिहान एयरपोर्ट जाने बेलामा उसको कोठामा पसेकी मलाई गर्लम्म अँगालोमा बेरेर सुँक्सुकाएको थियो ऊ र पैसा राख्ने लकरबाट निकालेर मेरो पारिश्रमिक अतिरिक्त केही रकम बाटोखर्च भन्दै मेरो हातमा राखिदिएको थियो । उसको त्यो न्यानो मायामा म नपग्लिने कुरै थिएन । भैगो त त्यसो भए म जान्नँ । मेरो टिकट क्यान्सिल गरिदेऊ भन्दै उसलाई अँगालेकी थिएँ । ‘मैले नजाऊ भनेको हैन । जाऊ सान्या जाऊ । तर गएर छिटै फर्क है ।’ यति भन्दै उसले मलाई सयौं चुम्बन गरेको थियो र त्यसपछि उसको कम्पनीमा म्यानेजर काम गर्ने इण्डियनको साथ लगाएर एयरपोर्ट पठाएको थियो ।
हुन त म उसकी नोकर थिएँ तर नोकरको जस्तो व्यवहार कहिल्यै गरेन यो अरबीले । एकदम राम्रो खानदानी मान्छे हो ऊ । उसको परिवार सबै ठूलाठूला पदमा छन् । ऊ पनि तेल कम्पनीबाट रिटायर्ड मान्छे हो । उसकी स्वास्नी सरकारी जागिरबाट रिटायर्ड भइसकी । छोरो डाक्टर छ । यस्तो काम गर्ने मान्छे हैन ऊ । मलाई अचम्म लागेको छ । कसैले फँसाएको हुनुपर्छ उसलाई । यो मान्छे धेरै पावरफूल छ । यसलाई यहाँ केही नराम्रो भयो भने हजारौं नेपालीले त्यहाँ सास्ती खप्नुपर्ने हुन सक्छ । हजारौं नेपालीले जागिरबाट हात धुनुपर्ने हुन सक्छ त्यसैले मेरो विन्ती छ सर यो मान्छेलाई छोडिदिनुस् । जति पैसा लाग्छ म तिर्छु । यसको साटो म जेलमा बस्छु । यसले मलाई ठूलो गुन लगाएको छ ।” यति भन्दै ऊ घुँक्कघुँक्क गर्न थाली ।
एकछिनपछि सम्हालिएर बोल्न थाली ऊ, “मान्छेको मन पनि विचित्रको हुँदो रहेछ । यता यो शरीर लोग्नेसँग सुतिरहेको हुन्छ, उता यो मन त्यही अरबीसँग पुगेको हुन्छ । म बडो अप्ठ्यारोमा परेकी छु यति बेला । म मेरै चक्रव्यूहमा फँस्दै गएकी छु । फेरि एकपटक उता गएर केही कमाएर आउने र सुखले जीवन बिताउने अभिलाषा एकातिर छ भने अर्कातिर अरुहरुको झैं सुखद् दाम्पत्य जीवनको पनि लालसा छ । दुई नाउमा खुट्टा हालेको यात्रीजस्तै भएकी छु म । कति बेला दुर्घटना हुने हो भन्न सक्दिनँ । यो अरबी यहाँ आएर मलाई निर्वाध भोग्न चाहन्छ । जीवनका सबै अतृप्तिहरु यतै समाप्त पार्न चाहन्छ । जुन कुरा अब यहाँ सम्भव छैन । यो अरबीको घरमा दुई वर्ष काम गरेको कुरा मेरो वर्तमान लोग्नेले थाहा पाइसकेको छ । मेरै लागि यो यहाँ आएको शङ्का मेरो लोग्नेलाई परिसकेको छ । एकातिर म यो अरबीलाई यथार्थ कुरा भन्न पनि सक्दिनँ र उसलाई यो अवस्थामा मर्न दिन पनि सक्दिनँ भने अर्कोतिर एकपटक घरबार टुटाइसकेकी मैले फेरि टुटाउन पनि चाहन्नँ ।
मेरो अहिलेको श्रीमान् जागिरे छ । ऊ दस बजे अफिस जान्छ । साँच्चै भन्नुहुन्छ भने मेरो अहिलेको लोग्ने पनि मप्रति वफादार छैन । टोलको डन हो ऊ । सहरका ठूलाबडा डनहरुसँग उसको उठबस छ । थुप्रै आइमाईहरुसँग सम्बन्ध छ । मसँग सुतीसुती ऊ निर्लज्जतापूर्वक अरु केटीहरुलाई फोन गर्छ । अश्लील कुरा गर्छ । मलाई सुन कोरल्ने ओथारो ठानेर विवाह गरेको हो उसले । हाम्रो दाम्पत्य जीवनको आयु धेरै दिन टिक्दैन, यो पनि मलाई थाहा छ । चर्ने बानी परिसकेपछि बँधुवा बनेर बस्न को राजी हुन्छ ? यति थाहा भएर पनि मेरो बाध्यता । दुनियाँलाई देखाउनकै लागि भए पनि मलाई एक थान लोग्ने चाहिएको थियो । बाहिर सिकार नपाएको बेला उसलाई पनि नारी देहको आवश्यकता थियो । साँच्चै भन्ने हो भने उसको र मेरो सम्बन्ध आवश्यकताको परिणतिभन्दा बढी केही पनि होइन ।”
एकैछिन रोकिएर उसले भन्न थाली, “म यहाँ आएको र यो अरबीसँग भेटेको थाहा पायो भने मलाई मेरो लोग्नेले मार्छ । मारे मारोस् । आफू मरेर भए पनि मैले यसलाई बचाउनुपर्छ । यो मेरो मानवीय कर्तव्य पनि हो । फेरि यो मान्छेले मेरो लागि धेरै गरेको छ । मलाई भेट्न काठमाडौं आएको ऊ म यहाँ छु भन्ने थाहा पाएर यहाँ आएको हो । नत्र काठमाडौको फाइभ स्टार होटलमा बसौंला भनेको थियो । मेरै कारणले ऊ यहाँ आयो र यस्तो ठाउँमा बस्नुप¥यो । ‘यही हो तिम्रो फाइभस्टार होटल ?’ हिरासत कोठा देखाउँदै उसले मलाई सोध्यो । यस्तो ठाउँमा त उसको कुकुर पनि बस्न मान्दैन । यो धेरै धनी र ठूलो मान्छे हो सर । यसको मन पनि उदार छ । मलाई असाध्यै माया गर्छ । मैले नखुवाई खाना पनि खाँदैनथ्यो ऊ । म पनि उसँगै बसेर खानुपथ्र्यो । तन्ना मैले मिलाइदिनुपथ्र्यो । अरुले कपडा पट्याएको उसलाई मन पर्दैनथ्यो । ‘कहिल्यै छोडेर नजा है’ भन्थ्यो ऊ तर उसले जे भने पनि र जे गरे पनि यथार्थमा म उसकी के थिएँ र ? एउटी रखैलको भन्दा बढी केही अस्तित्व थिएन त्यहाँ । न म कसैकी छोरी थिएँ न कसैकी बुहारी । मसँग मन भरिएको क्षण ऊ मलाई कुकुरले छोडेको हड्डीजस्तै बनाउन सक्थ्यो । यो यथार्थ बुझेरै त म यता फर्केकी थिएँ, जिन्दगीलाई नयाँ ढङ्गले बिताउँला भन्ने सोंचका साथ । तर सोचेजस्तो कहाँ हुँदो रहेछ र ।
भन्न त मेरो लागि छुट्टै घर बनाइदिन्छु पनि भन्थ्यो उसले । उसले जे गरिरहेको थियो त्यो मेरा लागि नभएर मेरो पोटिलो बैंसको लागि गरिरहेको थियो । यो कुरा मैले राम्रैसँग बुझेकी थिएँ तर बुझेर पनि के नै गर्न सक्थें र म । आर्थिक विपन्नताका कारण सुखको खोजीमा त्यता गएकी थिएँ । सुखले को विदेशिन्छ र ? त्यो पनि अरबमा । दुईचार पैसा कमाएर भविष्य सुखमय बनाउने रहरमा अरुहरुसँगै म पनि दिल्ली हुँदै त्यता पुगेकी थिएँ । म मेरै गाउँकी भाउजू पर्नेको पछि लागेर त्यहाँ पुगेकी थिएँ । त्यहाँ पुगेपछि बल्ल भाउजूले त्यहाँ गर्नुपर्ने कामका बारेमा खुलस्त भनेकी थिइन् । त्यो सुनेपछि मेरो मुटु भक्कानिएको थियो । मेरो विश्वास डग्मगाएको थियो तर पनि मन दरो पारेर काम थालेकी थिएँ ।
हुन त घरमै पनि म बलात्कृतजस्तै थिएँ । मेरो पहिलो लोग्ने भनाउँदो पनि अरबबाट फर्केको आवारा टाइपको मान्छे थियो । ठूलाठूला ठेकेदारका पछि लागेर टेण्डर हाल्ने ठाउँमा जाने । दादागिरि गर्ने । लफङ्गा र आवाराहरुसँग सङ्गत गर्ने । ठेकेदारको नुनसँग अलिकति ठर्राको झोल तानेर घर आउने र बाहिर मौका नपरेको रहेछ भने घर आएर भोको कुकुरले सिनो झम्टेझैं झम्टने । सधैं केही न केही निहुँ झिकेर भकुर्ने । साँच्चै भन्ने हो भने कोठीको जस्तै दयनीय अवस्था त थियो मेरो । मेरो खुसीको त्यो लोग्नेलाई कुनै पर्वाह थिएन । उसले त मलाई यौनेच्छा थान्को लगाउने डम्पिङ साइट बनाएर राखेको थियो । न खान लाउनको पउल, न लोग्नेको माया त्यस्तो जीवन पनि के जीवन ।
हो त्यति बेलैको कुरा हो सर । मैले अघि कुरा गरेको त्यो देवर पर्नेसँग मेरो चिनाजानी भएको । मेरो कथित लोग्नेलाई ग्याङफाइट गर्दागर्दै पुलिसले पक्रेर लगेछ । जस्तै भए पनि त लोग्ने हो । त्यो थाहा पाएपछि म पुलिस चौकी गएँ । मैले देवर पर्ने मान्छेलाई पहिलो पटक त्यहीँ देखेकी हुँ । मेरो कुरा सुनेपछि उसले मप्रति अत्यन्तै सहानुभूति देखायो । म लाटीले त्यो अपरिचित मान्छेको अस्वाभाविक सहानुभूतिको अर्थ के बुझूँ । मलाई त जसरी तसरी मेरो लोग्नेलाई हिरासतबाट छुटाउनु थियो । उसले जसो भन्यो मैले त्यसै गरें ।
परिणाममा लोग्ने भनाउँदो हिरासतबाट छुट्यो र उही दिनचय सुरु भयो । लोग्ने हुनुको नाताले वर्वर बलात्कार गथ्र्यो ऊ । रातिराति निहुँ खोजेर कुट्थ्यो । सहनुको पनि सीमा हुँदो रहेछ । म माइत गएँ । लोग्नेले अर्की केटी भगाएर ल्यायो । माइतीमा पुग्दा पनि त्यो देवर पर्ने पछि लाग्न छाडेन । एकपटक फसिसकेपछि त्यसबाट सजिलै ऊम्कन पाइँदो रहेनछ ।
यस्तो जिन्दगीबाट मुक्ति चाहन्थें म । त्यसैले नयाँ जिन्दगीका केही सुनौला सपना सजाएर विदेशिएकी थिएँ । जिन्दगीका सबै सपनाहरु कहाँ सार्थक हुँदा रहेछन् र । केही पाउन केही गुमाउनु त पथ्र्यो नै । यथार्थमा म विदेश जानुको लक्ष्य काम थिएन, पैसा पैसा पैसा र मात्र पैसा थियो जुन त्यो शेखले पर्याप्त दिइरहेको थियो । मैले देखेकी थिएँ जवानी लुट्नुसम्म लुटेर उपहारमा एच.आ.इ.भी.सहित मृत्यु वरण गर्न स्वदेश पठाइएका थुप्रै नेपाली चेलीहरुलाई । कम्तिमा त्यो शेखसँग स्थापित सम्बन्धको कारण म त्यो त्रासदीबाट केही हदसम्म मुक्ति पाएकी थिएँ । नत्र मेरो छिमेकमा काम गर्ने नेपाली साथीले जस्तै मैले पनि शेखका पाहुनाको यौनदासी बन्ने यन्त्रणा भोग्नुपथ्र्यो ।
म अरबमा बस्दा पनि त्यो देवर पर्ने मान्छेसँग पटक पटक सम्पर्क भइरह्यो । सम्पर्क के भन्नु । नाजायज सम्बन्धको वार्गेनिङ गरिरह्यो । मोवाइल, डिजिटल क्यामरा लगायतका सामान पठाईदिएँ । म घर फर्कने बेलामा काठमाडांैमा लिन गयो । काठमाडौं होटलमा उसँग फेरि सम्बन्ध स्थापित भयो ।
यसै बीचमा त्यो मान्छेमार्फत् मेरो अहिलेको लोग्नेसँग सम्पर्क भयो । नाताले त्यो मान्छेको ठूलो बाबुको छोरो हो, हालको लोग्ने । वैदेशिक रोजगारीको लागि मलेसिया गएकी उसकी स्वास्नी उतै काम गर्ने एकजना नेपालीसँग पोइल गएपछि केटीको खोजीमा रहेछ । यता म लोग्नेले छोडेकी मान्छे । उता ऊ स्वास्नीले छोडेको मान्छे । उस्तै उस्तै कथा व्यथा । ऊसँगको भेटघाट र परिचय बाक्लिँदै गयो । अरबी शेखले जति नै माया गरे पनि स्वास्नीको दर्जा दिँदैन भन्ने कुरा मलाई थाहा थियो त्यसैले मैले विवाह गरें । मलाई लुटिरहने मान्छे मेरो देवर बन्यो ।
मेरो विचारमा त्यही देवरले षड्यन्त्र गरेको हुनुपर्छ । जे परे परोस् मैले अरबीलाई सहयोग गर्नैपर्छ । यो शेखले मलाई बाँच्ने आधार दिएको छ । यो वास्तवमै मलाई माया गर्छ । नत्र मलाई खोज्दै यति टाढा किन आउँथ्यो । मजस्ता दसौं केटी काममा राख्न सक्ने हैसियत छ । यसको देशका धनाढ्यहरुमा दुईचार स्वास्नी राख्नु कुनै अपराध मानिँदैन । पाँच सात रखौटी राख्नु शान ठानिन्छ । तरुनी आइमाईको कमी भएर यो यहाँ आएको होइन । वास्तवमा सर म पनि त सतिसावित्रि बनिरहनको लागि त्यहाँ गएकी हैन । आवश्यकता र महत्वाकाङ्क्षाले मान्छेलाई जे पनि बनाउँछ । अन्यथा नठान्नुहोला सर, यौन शोषण त्यहाँ पनि छ र यहाँ पनि छ । मैले विवाह गरिसकेपछि पनि त्यो देवर पर्नेले असजिलोमा पारेर पटकपटक मसँग शारीरिक सम्बन्ध राखिसकेको छ । म सारै असजिलोमा परेकी छु सर । यो अरबीसँग सम्बन्धको सुईंको पायो भने मेरो लोग्नेले मलाई मार्छ । मैले यहाँ विवाह गरेको थाहा पायो भने यो अरबी बौलाउँछ । मसँग प्रशस्त धन भए यस्ता लोग्नेहरु गल्लीगल्लीमा भेटिन्छन् तर यस्तो उदार दिलको शेख पटकपटक भेटिन्नन् ।
ठिकै छ मारेछ भने बरु मरौंला । भोलि पनि म आउँछु । सरले फोन नगरिदिएको भए उसलाई यहाँ ल्याएको पनि थाहा नहुने रहेछ । यो पक्राऊ परेपछि त्यो देवर पर्ने फरार छ । उसैले पुलिससँग मिलेर फँसाएको हो कि जस्तो पनि लाग्छ सर मलाई त । मबाट यसलाई पन्छाउने जुक्ति हुनुपर्छ देवरको । दुनियाँले जेसुकै भनोस् मैले यो अरबीलाई बचाउनैपर्छ । लोग्नेले जे गर्ला त्यो म सहौंला तर प्लिज सर मैले यहाँ विवाह गरेको कुरा यो अरबीलाई नभनिदिनुहोला । यो कुरा थाहा पायो भने यो अरबी मर्छ ।
जिन्दगी यस्तै रहेछ सर । परेछ भने बरु सरलाई पनि सेवा गरौंला । म अहिले जान्छु ।”
यति भनेर बाटो लागेकी ऊ त्यसपछि भने कहिल्यै पनि देखा परिन । ऊ किन आइन, यस विषयमा सोधखोज गर्ने आवश्यकता मैले पनि ठानिनँ ।
कथा
सम्बन्ध
–मनीषा गौचन
“चिया पाइन्छ दिदी ?”
“चिया त पाइन्छ नि तर बच्चाहरुको बस आउन थालिसक्यो ।”
“हुन्छ हुन्छ पहिला बच्चाहरुलाई पठाउनुस् । हामी एक क्षण बस्दै गरौँला ।”
बिहानको समय, सुशील भाइको पल्सर बाइकमा चढेर पोखरा घुम्न निस्केकी थिएँ । यही क्रममा चियाले तिर्खाउँदै हामी एउटी महिलाको पसलमा पुग्छौँ । माथिको हरफ उनीसँगको पहिलो संवाद हुन् । अगाडि फेवातालबाट बगेर आएको फुस्रे खोला र पछाडि सेती नदी । यी दुई नदीको बीचको दोविल्लामा यी महिला दुःखले रुझेको मन लिएर बसेकी रहिछन् । कुराकानी बढ्दै जाँदा मैले देख्न थालेँ उनको मनका चिसा कुनाहरु ।
पाहुनाको आगमनले खुलेको उनको ओंठको मुस्कानमा एउटा गहिरो अभावको घाउ पनि सँगै देखियो । त्यो घाउ छुँदै बाहिरिन्थे लामो लामो चित्कार । फुस्रे खोलाझंै अनगिन्ती बगेको हुनुपर्छ उनको आँखाबाट अश्रुधारा । नियाल्दा लाग्थ्यो ती आँखाहरु पनि रित्तिसकेका छन् अब त ।
निधारमा रातो चकमन्न टिका छ । गलामा त्यस्तै रातो पोते । बेस्वादको धुनमा हातको चुरा बजाउँदै उनी दुईजना साना साना नानीहरुलाई स्कुल पठाउनको लागि तयार पार्दै थिइन् । ठूली छोरी रहिछिन् र सानो चाहिँ छोरा । लगभग उस्ता उस्तै देखिन्थे । मैले सोधेँ–
“बर्षौटे पो हुन् कि क्या हो ?”
“हो नि । के गर्ने ? यो दुःख पाउने कर्म रहेछ । धमाधम बच्चा जन्मिहाले । अहिले सम्हाल्न एक्लै । कहानी लामो छ यिनीहरु स्कुल जालान् र भनुँला ।”
उनले यति भन्नासाथै मैले अनुमान गर्न थालेँ कतै यिनका श्रीमान् ...।
हेर्दाहेर्दै उनले छोरालाई स्कुलको युनिफर्म लगाइदिइन् । र छोरी भने आफै सकी नसकी युनिफर्म लगाएर कपाल छरपस्ट पार्दै आमालाई हेरिरहेकी थिइन् । छोरालाई जुत्ता लगाई वरी उसको मसिनो कपाल तेल र पानीले सपक्क पारिदिई । त्यसपछि उनी छोरीतिर फर्किन् र हतार हतार दुइ चुल्ठी कपाल बाटिदिइन् । यतिबेलासम्म पहेलो रङको बस आइसकेर पनि अगाडि बढिसकेको थियो ।
“यही बस हो ? गयो त” मैले भनेँ ।
“हो हो । पर रोकिन्छ एकछिन्” भन्दै उनले दुबैलाई झोला बोकाइदिइन् । उनीहरुको सानो सानो जीउमा झोला लपक्कै टाँसियो । दुवैजना झोला हल्लाउँदै बस गएतिर दौडिए । उनी खुरुर्र दौडिएका छोरा छोरीतिर टोलाइन् । म उनको उदासी आँखाहरुमा । क्षणभरमै ओझेल परे दुइटा फूल ।
अगाडि खोला सुसाइरहेको छ । माथि माथि पाखामा कटुसका रुखहरु फुलेका छन् । यता उनका दुई फूल भरखर स्कुल गए । गरिबीले पिल्सिएकाहरुलाई फूल फुलाउन असाध्यै गाह्रो हुन्छ । उनी भन्छिन्–
“उस्ता उस्तै छन् । हुर्काउनै गाह्रो ।”
हाम्रो लागि चिया पकाउन उनी भान्छातिर लागिन् । उनको पसलका तख्ताहरु रित्ता छन् । कतै पुराना सामानहरु छन् । हेर्ने हो भने सायद मिति सकिएका सामानहरु होलान् । कसैले किन्न नखोजेका । पसलअगाडि सानो मेच छ । त्यसभरि चित्रहरु छन् । सिसाकलमले कोरिएका । मसिना घर । फूल । घाम । तारा । भरखर स्कुल लागेका उनका नानीहरुले कोरेका रेखाचित्रहरु होलान् । म केही बेर त्यसैमा नियालिरहन्छु ।
उता सुशील भाइ ढुंगा र गिट्टी धुने ठाउँतिर टोलाइरहेका छन् । ग्राबेल पखाल्न व्यस्त मेशिनको आवाजले दोविल्लाको मधुरमतालाई निलिरहेको छ । त्यसले आफ्नो वरिपरिको हरियालीमा समेत सेताम्मे धुलो छरिदिएको छ । ती नजिक फुलेका कटुसका फूलहरु बाक्लो धुलोले थिचिएर अलस तलस भएझंै देखिन्छन् । मिनी ट्रकहरु अटस मटस गिट्टी र ढुंगा बोकेर ओहोर दोहोर गरिरहेका छन् ।
दोविल्ला रातभर निदाउन सक्दैन रे, अघि भरखर बाटोमा भेटिएका एकजना दोविल्लावासी वृद्धाले भनेकी । दिनभर कुरा सुन्न दिँदैन रे । खाली मेशिन कराएको आवाज, ढुंगा बालुवा खन्याएको आवाज, ट्रक गुडेको आवाज । यी आवाज सुन्दैमा दोविल्लावासीको कान भरिन्छ रे । कठै मान्छेहरु आफ्नो स्वार्थ पूरा गर्न कसैको बस्तीलाई यसरी असर गर्न पुगेका हुन्छन् । मलाई दोविल्लावासीको असाध्यै माया लागेर आयो ।
चिया लिएर उनी आइन् । सिसाको धर्सावाला गिलास । गिलासभित्र कालो चिया छ । नाम मात्रै कालो । तर चिया रातो छ । उनको ओंठको रङजस्तै । तर त्यो ओंठ सुक्खा छ । पानी नपाएको जमिनजस्तै कट्कटिएको । उनको त्यो सुक्खा ओंठले भनिरहेझंै लाग्छ–
मभित्र दुःखको पहाड छ । त्यो पहाड चढ्ने क्रममा पटक पटक म तिर्खाले लखतरान हुन्छु । यी हेर, म कति विघ्न कट्कटकटिएकी छु । मलाई भिजाउने मान्छे मभन्दा धेरै टाढा छ ।
हामीलाई चिया दिने बेला उनको ओंठ केही तन्कियो । त्यहाँ मीठो मुस्कान उदायो ।
“चिनी कस्तो भयो कुन्नि...?”
चियामा चिनी उनको ओंठको मुस्कान भन्दा कमै थियो । चिया पिउन थाल्यौँ । उनी टुलुटुलु मेरो अनुहारमा टोलाउन थालिन् । उनको आँखाको भाषा बुझिहालेँ ।
“अनि भन्नुस् अरु तपाईं के गर्नुहुन्छ ?”
“के गर्नु र नानी यी यो एउटा घर छ । त्यही पनि उसैको नाममा । खेतबारीको नाममा केही छैन । पसल छ सामान छैन । पर बिल्डिङ बनाउन आएका मान्छेहरुले धमाधम उधारो खाइदिए । अहिले न पैसा न सामान । माग्न जाँदा जाँदै एकजना दुईजना गर्दै सबै कता गए कता । म सबैतिरबाट ठगिएँ । लोग्नेले धोका दिएपछि सबैतिरबाट ठगिँदो रहेछ ।”
“धोका ?”
“हो धोका । लहरै बच्चा पाइसकेपछि छोडेर गए । अहिले यी नानीहरुको बिजोग”
“बिजोग त कसरी हुनु ? तपाईँले नै यति राम्ररी हुर्काउनुभएको छ । स्कुल पठाउनुभएको छ ।” उनी मौन भइन् । उनले लगाएको चुरा पोते कुन्नि किन मसँग जिस्किएजस्तै लाग्छन् । ती चुरा पोतेलाई ध्यानै नदिई म उनको अनुहारमा गढिन पुग्छु । तर निधारमा टाँसिएको रातो टिका फेरि उस्तै गरी जिस्किन थाल्छ । मनमनै भन्छु– आ... धोका...। धोका पाएर पनि के लगाइरहेकी होली यो झन्झट ?
हुन सक्छ उनको लागि यो झन्झट नभएर शृङ्गार हो । या समाजमा लोग्ने छ भनेर देखाउने प्रमाण । वा, मान्छेको दोषी हेराइबाट जोगिने एउटा उपाय ।
सुशील भाइको ध्यान हाम्रो कुराकानीले तानिएको छ यतिखेर । बीच बीचमा उनी पनि बोल्छन् ।
“यी बच्चाहरुलाई राम्ररी पढाउनुस् दिदी । भोलि पछि यिनीहरुले नै तपाईँलाई साथ दिन्छन्” शिक्षक हुन् त्यसैलै पढाइकै कुरा । म भने उनीसँग जीवनको कुरा गर्न थालेकी छु ।
कति कष्टकर छ यो जीवन ? जब साथ दिन्छु भन्नेले बीचैमा धोका दिन्छ । जीवन सँगै जिउने भनेर हात समाउनेले हातै छिनाएर जान्छ । सपना एउटै सजाउने भन्नेले निद नै खोसेर लान्छ । एउटै हाँसो हाँसौँला भन्नेले हाँसो सबै लिएर आँसुमा डुबाएर जान्छ । यसरी एउटा सुन्दर सम्बन्ध कति छिटो खोक्रोतुल्य हुन्छ ।
“पढाउने त भनेकै हुँ । बोर्डिङको फि चर्को छ । उसका नानीहरु बोर्डिङमा पढ्छन् भने मेरोलाई किन सरकारी स्कुल पढाउने । मैले पनि बोर्डिङमै राखेँ । तर बोर्डिङको हिसाब किताब बुझेर बुझी नसक्दो हुँदो रै’छ । के के हुन् के के...? पढाउनेहरु भनेर के गर्नु व्यापार गर्न पल्केका रै’छन् ।”
“उसका नानीहरु ?”
“हो उसका नानीहरु...। सौतापट्टिका ।” एकक्षण सन्नाटा छाउँछ । अगाडिको फुस्रे खोला आफ्नै
धूनमा बगेकी छ । पारि मेशिनहरुले कोकोहोलो मच्चाइरहेका छन् । त्यसभित्र मस्तीले नुहाएका छन् ढुंगाहरु । यहाँ ढुंगाले नुहाउन पाउँछ तर मान्छे महिनौ ननुहाइ बस्न बाध्य छ । जब धाराहरु घरभित्र कैद हुन्छन् घर नहुनेले कहाँ नुहाउने ? जब धाराहरु सुक्छन् घरभित्रकैले पनि कहिले नुहाउने ? जलस्रोतको धनी मुलुक, यहाँ हामी पानी खोज्दै छौँ । पानी किन्दै छौँ । पानी नपाएर मर्दै छौँ ।
“उतापट्टि पनि नानीहरु छन् ? यिनीहरु यति साना छन् अनि तिनीहरु ?”
“तिनीहरु त ठूला भइसके । चौध पन्ध्रका ।”
अनि सौताको ...? म झस्किएँ । प्रश्न आफैभित्र खेलिरह्यो ।
“उसले लालाबाला, लोग्ने छोडेर गा’की हो । एक्लै भएर रन्थनिएको मान्छेलाई मैले साहारा दिएकी हुँ । त्यसका बच्चाहरुलाई पनि मैले नै हुर्काएकी हुँ । अर्कैसँग गा’की आइमाइ खै कुन्नि फेरि फर्केर आई । आफैले छोडेको लोग्नेलाई फेरि सुमुसुम्याई । के जादु ग¥यो कुन्नि ? ऊ पनि लपक्कै ऊतिरै लाग्यो । मैले जानिनँ नानी के रहेछ उसमा ?”
यसो भनिरहँदा उनको आँखा पनि बोलिरहेका थिए पीडाको भाषा ।
“स्वास्नी नभई बाँच्न नसक्दा रै’छन् । त्यो स्वास्नीले छोड्यो भनेर मलाई ल्यायो । म पनि नराम्ररी झुक्किएँ । त्यति बेलाको उसको टीठ लाग्दो अनुहार । अस्त व्यस्त घर । त्यस्तै लालाबाला । सबै सम्हालेर उसलाई खुसी देखुँला आफू पनि रमाउँला भनेर आएँ । तर हेर्नुस् न नानी, म त स्वास्नी मात्र भएँ लोग्नेको मायाबिनाको । साथबिनाको । लोग्ने छैन भनूँ भने त्यही ठाडै छ । छ भनूँ भने रातमा एक्लै । दिनमा एक्लै...”
“यस्तो सम्बन्ध किन बाँच्नुहुन्छ ?”
“नबाँचेर के गरुँ नानी ?”
“जब ऊ हुनुको कुनै अर्थ छैन भने तपाईँ किन उसको स्वास्नी भएर बाँच्ने ? आफ्नो नयाँ जीवन स्वतन्त्र भएर बाँच्नुस् न”
उनले तुरुन्तै आफ्नो गलाको पोते छामिन् । म चाहन्छु उनले त्यो पोते चुडाएर भनून्–
“हो म बाँच्दिनँ, यो अत्यास लाग्दो जीवन । म स्वतन्त्र भएर बाँच्न चाहन्छु । म मेरै खुसीले रम्न चाहन्छु ।”
तर ...तर....
“कम्तीमा उसको स्वास्नी भएर बाँच्नाले यो समाजमा सम्मान पाएकी छु । सुरक्षा पाएकी छु । यदि उसकी स्वास्नी रहिनँ भने ? यो समाजले मलाई अनेक लाल्छना लगाउने छ । दुनियाले यी नानीहरुको बाबु खोज्नेछ । र यो चुरा पोते भएन भने ? अनेक लोग्ने मान्छेहरु गिज्जिनेछन् ।” उनको यो भनाइ सुनेर मेरो मन असाध्यै खिन्न हुन्छ ।
मैले भन्न सकिनँ–
माया र साथ टुटिसकेपछिको सम्बन्ध एउटा हतकडी हो । मनले टाढिइसकेको लोग्ने लोग्ने हुनुको एउटा भ्रम मात्र हो । र त्यस्तो लोग्नेको नाममा आफ्नो सुरक्षा खोज्नु भनेको झन् ठूलो मूर्खता हो ।
मसँग समय थिएन उनलाई सम्झाउने । उनीजस्ता लाखांै महिलाहरु यही हतकडीभित्र भ्रमपूर्ण सम्बन्ध बाँचेर लोग्नेको नाममा आफ्नो सुरक्षा खोजिरहेका छन् । समाज अझै बदलिएको छैन । महिलाहरु अझै बुझ्ने भएका छैनन् ।
चिया सकिइसकेको थियो । उनको अनुहार गहिरोसँग नियालेँ । झन् उदास, झन् उजाड लाग्यो ।
“कतिञ्जेलसम्म बाँच्नुहुन्छ यो उदासी ?”
एउटा प्रश्न चिया रित्तिएको गिलासमा भरिदिएँ । उनले त्यही गिलास उठाइन् । मेरो प्रश्न बुझिन् या बुझिनन् । चियाको पैसा तिरेर हामी आफ्नो बाटो लाग्यौँ । दोविल्ला आफंै पनि ती महिलासँग रिसाएझंै लाग्यो मलाई । फुस्रे खोला अचानक चिच्याएको सुनेँ । कटुसका रुखहरु ठुस्सिएको महसुस गरेँ ।
फर्केर हेर्दा उनी ठिंग उभेर हामीलाई हेर्दै थिइन् । उनी मलाई दोविल्लाजस्तै लागिन् । दुवैतिरबाट खोलाले चपेटिएको ।
No comments:
Post a Comment