पोखरा । लमजुङको मध्यनेपाल-३, सोतीपसलस्थित मङ्गला माध्यमिक विद्यालयको हीरक महोत्सवका अवसरमा मङ्गलवार साहित्य सम्मेलन सम्पन्न भएको छ ।
सो अवसरमा आयोजित
विद्यालयस्तरीय कविता प्रतियोगितामा ईशानेश्वर माविकी सिद्धिका साँखी प्रथम भइन् ।
प्रतियोगितामा भैरवकाली माविकी एन्जल साँखी द्वितीय, कुसुमाकर माविका भक्तमान विक
तृतीय तथा मङ्गला माविकी स्मारिका गिरी र बालविकास माविकी अम्बिका दुरा सान्त्वना
भए । प्रतियोगिताका निर्णायकहरूमा मङ्गला माविकै पूर्व विद्यार्थी साहित्यकारद्वय
रुपिन्द्र प्रभावी र विपिन मर्म रहेका थिए ।
विद्यालय व्यवस्थापन
समितिका अध्यक्ष लक्ष्मण बसौलाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि व्यास
नगरपालिका, तनहुँका नगरप्रमुख वैकुण्ठनाथ न्यौपानेले शैक्षिक जागरणका लागि
मङ्गलाले खेलेको भूमिका महत्त्वपूर्ण रहेको स्मरण गरे ।
विद्यालयका
प्रधानाध्यापक विष्णुहरि बास्तोलाले कसैले आफ्नो माटो बिर्सन नहुने बताउँदै
विद्यालयको हीरक महोत्सव ऐतिहासिक बनेको बताए । यस कार्यक्रममा आआफ्नो ठाउँबाट
योगदान गर्न सबैसँग उनले आग्रह गरे ।
गजलकार प्रदिप रोदनको
विशेष गजल वाचनसमेत रहेको कार्यक्रममा कवि डा. बमबहादुर थापा ‘जिताली’, रमेश
पौडेल, रमेशचन्द्र घिमिरे, विपिन मर्म, रुपिन्द्र प्रभावी, रामकुमार फुच्चेलगायतले
आफ्ना रचना सुनाएका थिए । विद्यालयका शिक्षक तथा साहित्यकार तीर्थराज तिवारीको
संयोजनमा भएको कार्यक्रममा हालसम्म एसएलसी परीक्षामा प्रथम हुने विद्यार्थीहरू र
सहयोगीहरूलाई सम्मान गरिएको थियो ।
यसै बिच, माघ ११
गतेदेखि सुरु भएको समारोहको आज माघ १६ गते हुने समापनमा राष्ट्रपति रामचन्द्र
पौडेलको उपस्थिति रहने विद्यालयका प्रधानाध्यापक विष्णुहरि बास्तोलाले जानकारी दिए
।
No comments:
Post a Comment