स्याङ्जामा जगत्रदेवीको काव्यगोष्ठी - सम्मोहन साहित्यिक पत्रिका

नयाँ सामग्री


Saturday, January 4, 2025

स्याङ्जामा जगत्रदेवीको काव्यगोष्ठी

 


स्याङ्जा । कविशिरोमणि लेखनाथ पौड्यालको १४२ औं जन्मजयन्तीको सन्दर्भमा जगत्रदेवी साहित्य संगमगल्याङस्याङ्जाद्वारा आयोजित काव्यगोष्ठी- २०८१ सम्पन्न भएको छ ।

गल्याङ बहुमुखी क्याम्पसको सभाहलमा आयोजना गरिएको उक्त काव्यगोष्ठीमा सभाध्यक्षको रूपमा जगत्रदेवी साहित्य संगमका अध्यक्ष अग्रज कवि व्यक्तित्व चण्डिकाप्रसाद भट्टराई रहनुभएको थियोे ।

प्रमुख आमन्त्रित व्यक्तित्वको रूपमा वरिष्ठ साहित्यकार डा. शैलेन्दुप्रकाश नेपाल रहनुभएको थियोे भने विशिष्ट आमन्त्रित व्यक्तित्वको रूपमा कवि ध्रुवप्रसाद शर्मा पङ्गेनी रहनु भएको थियोे ।

काव्यगोष्ठीमा स्वागत मन्तव्य संगमका सह- सचिव गजलकार डिल्लीराम भण्डारीद्वारा प्रस्तुत गरिएको थियोे ।

प्रमुख आमन्त्रित व्यक्तित्वद्वारा दीप प्रज्वलनसङ्गै ब्यानरमा उल्लेखित विवरण वाचन गरेर समुद्घाटन गरिएको काव्यगोष्ठी समारोहमा गजलकार डिल्लीराम भण्डारीगजलकार सिर्जना खनालकवि सुमन भट्टराईगजलकार झवनाथ बस्यालकवि अमृता खनालगजलकार नारायणप्रसाद न्यौपानेगजलकार गीता अधिकारीकवि ऋषिराम भण्डारीकवि बोधराज न्यौपानेगजलकार आरती ढकाल पाठककवि हरिकला पाठककवि इन्द्रप्रसाद पाठककवि ढालबहादुर के.सी.अग्रज कवि सुर्यप्रसाद डुम्रेअग्रज कवि लेखनाथ काफ्लेकवि शिशिर पौडेलकवि ध्रुवप्रसाद शर्मा पङ्गेनीकवि प्रेमबन्धु सुवेदीयुवा कवि मिलन समीरअग्रज कवि चण्डिकाप्रसाद भट्टराई आदिले आफ्ना उत्कृष्ट रचनाहरु वाचन गर्नुभएको थियोे ।

काव्यगोष्ठी- २०८१ को प्रायोजन गर्नुभएका सहृदयी सिर्जनशील व्यक्तित्व अमरविक्रम अधिकारी ( गल्याङ- ११तुलसीभञ्ज्याङ्स्याङ्जाहाल- न्यूयोर्कअमेरिका ) लाई उहाँको विशेष सहयोग र सद्भावको उच्च कदरस्वरुप कदरपत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियोे । ( उहाँको अनुपस्थितिमा उहाँकि दिदी मीना न्यौपानेद्वारा उक्त कदरपत्र ग्रहण गरिएको थियोे । )

समारोहमा नेपाली भाषा- साहित्यको क्षेत्रमा पुर्‍याउदै आउनुभएको विशेष महत्त्वपूर्ण योगदानको उच्च कदरस्वरुप डा. शैलेन्दुप्रकाश अधिकारीलाई जगत्रदेवी साहित्य सम्मान- २०८१ समर्पण गरिएको थियोे ।

कार्यक्रममा धन्यवाद मन्तव्य संगमका सदस्य कवि प्रेमबन्धु सुवेदीद्वारा प्रस्तुत गरिएको थियोे भने सहजीकरण संगमका सचिव युवा कवि मिलन समीरद्वारा गरिएको थियोे ।

No comments:

Post a Comment