प्रेम-जिन्दगी (कविता)- सी. जी. ‘निर्मलश्री’ - सम्मोहन साहित्यिक पत्रिका

नयाँ सामग्री


Sunday, July 28, 2024

प्रेम-जिन्दगी (कविता)- सी. जी. ‘निर्मलश्री’

 


प्रेम-जिन्दगी

-           सी. जी. निर्मलश्री

समय

साथमा छैन भने

श्वासले पनि छोडिदिन्छ

निर्जीव बनाइदिन्छ

जीवनलाई.................।

 

जिन्दगी !

घातमा पुगेपछि

प्रतिघातको बदला

लिन खोजेकाहरूबाट

जीवनको गोरेटामा

भेटिएकाहरूबाट

केको अपेक्षा ...................।

 

सोचेको थिएँ !

अगाध प्रेम छ

तिमीसँग

तर तिमीले

न कुनै प्रेम देख्यौ

न तिमीप्रति देखाएको

अगाध आस्था ...........।

 

केवल !

मैले तिमीप्रति गरेको

अगाध प्रेमबाहेक

कुनै प्रमाण छैन मसँग............।

टीकापुर १, कैलाली

                       हाल : काठमाण्डौं

 

 

No comments:

Post a Comment