-
दीपक समीप
“झलक्क हेर्दा ऊ त्यति राम्रो मान्छे त होइन तैपनि उसले दिनदिनै नयाँ नयाँ
केटीहरू कसरी घुमाउँछ ?” म सोच्न थाल्छु ... ।
“ऊ सामान्य सरकारी जागिरे हो तैपनि उसलाई दिनदिनै दोहोरी रेस्टुरेन्ट धाउन
कसरी पुगिरहेको छ ?” म सोचमग्न हुन्छु ।
पहिले
हामी एउटै घरमा भाडामा बस्थ्यौँ । हालसालै नयाँ घर किनेर ऊ डेराबाट मुक्त भएको छ ।
“गाउँको त्यति थोरै जग्गाजमिन बेचेर सहरमा घर किन्न त गाह्रै पर्छ, र पनि उसले घर कसरी किन्यो ?” म गम्भीर सोचमा छु ...
।
पहिले
पहिले सँगै पैदल अफिस जान्थ्यौँ हामी । आजभोलि ऊ आफ्नै गाडीमा हुइँकिने गर्छ ।
पदोन्नति पनि भएको छैन । छोराछोरी विदेशमा कमाउन पनि गएका छैनन् । फेरि कुनै
चिट्ठा परेको पनि हामीलाई थाहा भएन । “मान्छेले कसरी प्रगति गर्छन् हँ ?” म सोच्न बाध्य भएको छु ... ।
जाडोको
याम थियो । घाम ताप्न भनेर म घरबेटीको घरको छतमा टहलिँदै थिएँ । तल सडकमा रमिता
देखियो । बुझ्दा पत्ता लाग्यो, उसको घरमा अख्तियारले छापा
मारी उसलाई समातेर लगेछ । त्यसपछि भने मैले उसका बारेमा सोच्नै छोडिदिएँ ।
(साभारः नदीको राजमार्ग)
No comments:
Post a Comment