नारी
- शिवराज कलौनी
दुःखको गास खाएर सुखको
आस गर्दै
पल पलमा बल जगाई
भरोसाको सास फेर्दै
हँसिया, डोको बोकी उकाली ओराली
झर्दै
आफ्नाका लागि चट्टान
बनेर साथ दिने
सृष्टिकर्ता सबै नारी
जातिमा
अनन्त सलाम छ ।
जसका निम्ति जन्मघर छोडी
डोलीमा घुम्टो ओढेर
आफू डुबेर भए पनि अरुलाई
उतार्ने महान् भाव झैँ
आफू नाङ्गिएरै भए पनि पुरुषलाई जिउ समर्पण गरी
इज्जतको च्यादरमा फूल झैँ
मालामा बेरिएर
अगाध स्नेह, मायाको बाहुपासले
मायाको आँचल छर्दै
पुरुषवादी समाजको
चिन्तन छेक्ने लाख प्रयास चिर्न
हरदम लागिपर्छिन् उनी
विभेदको पर्दाफास गर्न
कहिले घँघुरिएर उन्यु झैँ
कहिले ठिङगो गाडिएको
बाँसझैँ
सलाम छ ती स्वप्न
सुन्दरी नारीमा
अनन्त सलाम छ ।
समाजका तीव्र उतारचढावबिच
ट्रान्जिसन ग्यापसँग अड्याप्टेसन हुँदै
मुठ्ठी चामलले पुरै
परिवारको भोक मेटाउने जादु छरी
भोक, निद्रा, प्यासमा आफूलाई टाढा
राखेर
मनको सिँहासनमा
राख्दछिन् आफ्ना खसमलाई
अनि दश धारा दुध
चुसाएका आफ्ना गुँडका बचेराहरूलाई
परिवेश आएमा चण्डी, काली, दुर्गाको रूप धारण गरी
संकटहरण माता बनेर
रक्षाकवच बज्रबाहिनी
ती सबै नारी जातिमा
लाखौं लाख नमन छ ।
पुष्पगुच्छा ,कोपिला अनि मन्जरीबाट
फक्रिएकी
षोडसी नवयौवना भोगको
लालसामा निदाएको
पुरुषको कामवासना तृप्त
गराई
हर्मोनल डिसअर्डरबाट
बचाउँछिन् जो
ओखती बनेर दिलको पुर्जा जोडी
क्लनेफेल्टर सिन्ड्रोम
देखिँदैन जहाँ
न त देखिन्छ डाउन्स
सिन्ड्रोम नै
कामरोगले मात्तेका बोकालाई आफ्नो स्नेहमा कसेर
सांसारिक प्यासको सुखमा विलय गराउँदा
त्यति बेला जे हो तिमी
नै हो भन्ने त्यही युगपुरुष
फलको स्वाद लिएपछि बियाँ
फालेसरि
जब देख्दछ तुच्छता
आफ्ना रतिक्रीडामा
जुन बेला खोज्दछिन् ती
नारीले अथाह प्रेम
तैपनि भ्रमरले फूलबाट
मह लिइसकेपछि
दोस्रो फूलको रस लिन
उडेको देखेर पनि
मरुभूमिको बालुवा झैँ
भतभती पोलेको छाती
मौनतामा रुग्ण भाव
बोकेर पनि
शान्ति खोज्दै
शरीरसँग होइन मनसँग
प्रेम गर्न सिकाँउछिन् जो
भमरा र फूल होइन
बत्ती र पुतलीको प्रेम
सिकाउँछिन् जो
परिवारलाई कमाइ गराई
रमाई हिँड्दछिन् जो
ती महान् पुष्पबाटिकाको
शालीनताप्रति
कोटि कोटि नमन छ ।
भीमदत्त नगरपालिका-३, कञ्चनपुर
No comments:
Post a Comment