तनहुँ । शुक्लागण्डकी नगरपालिका, दुलेगौँडा, तनहुँमा क्रियशील शुक्ला साहित्य सङ्गमको अध्यक्षमा टुकादेवी आचार्य सर्वसम्मत चयन भएकी छिन् ।
शनिबार सम्पन्न आठौँ अधिवेशनबाट चुनिएकी उनको बार्दली (लघुकथा सङ्ग्रह) प्रकाशित छन् । उनी पञ्चमुनिदेव माध्यमिक विद्यालयकी अध्यापनरत छिन् ।
अधिवेशनबाट ३
वर्षे कार्यकालका लागि उपाध्यक्षमाद्वयमा रामशरण गैरे र सरस्वती सिग्देल, सचिवमा
जुना खड्का, उपसचिवमा सुरज लम्साल, कोषाध्यक्षमा पूर्णबहादुर आले तथा सदस्यहरूमा
तीर्थ गैरे, युवराज पौडेल, जीवन सागर, विष्णु पराजुली अधिकारी, हरि महत, यामप्रसाद
सापकोटा, काशीराम ढकाल, ध्रुव रामदाम र दुर्गाबहादुर नेपाली चयन भएका छन् । शिवदत्त
ढकाल संयोजकत्वमा गठित हरिश्चन्द्र र पुरुषोत्तम भण्डारी सदस्य रहेको निर्वाचन
मण्डलले नवनिर्वाचित कार्यसमितिको घोषणा गरेको थियो ।
अधिवेशनका
प्रमुख अतिथि लोकगायक प्रेमराजा महतले भाषा, कला, साहित्यको विकासमा सानो ठाउँको यो संस्थाले राष्ट्रिय स्तरका
कार्य गरेको र आफ्नो तर्फबाट सधैँ सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
No comments:
Post a Comment