मुक्त उदासलाई द्वारिका नेपाल गजल स्मृति पुरस्कार - सम्मोहन साहित्यिक पत्रिका

नयाँ सामग्री


Sunday, October 9, 2022

मुक्त उदासलाई द्वारिका नेपाल गजल स्मृति पुरस्कार

भरतपुर गजल मञ्च, चितवनले पहिलो पटक प्रदान गर्न लागेको `द्वारिका नेपाल गजल स्मृति पुरस्कार-२०७९' बाट युवा गजलकार मुक्त उदास सम्मानित हुने भएका छन् ।

पुरस्कारको राशी १०,०००/- रुपैयाँ र सम्मानपत्र रहेको छ । गजल मञ्च, चितवनका तत्कालीन अध्यक्ष द्वारिका नेपालको गत वर्षको असोज महिनामा मस्तिष्क घातका कारण निधन भएको थियो । `उहाँको प्रथम वार्षिकीको अवसर पारेर यो पुरस्कार स्थापना गरी प्रदान गर्न लागिएको हो´, गजल मञ्च चितवनका कार्यबाहक अध्यक्ष लेखराम सापकोटाले भने- `द्वारिका सरको सम्मानका लागि यो पुरस्कार स्थापना गरेका हौँ, नेपाली गजलका क्षेत्रमा योगदान दिएका युवा प्रतिभालाई छनोट गरेर हरेक वर्ष यो पुरस्कार प्रदान गरिने छ ।´ गजल मञ्च चितवनको नाममा कोष बनाएर सोही कोषबाट प्राप्त भएको वार्षिक ब्याजको रकमलाई पुरस्कारमा प्रयोग गरिने पनि सापकोटाले बताए ।



यो पुरस्कार आगामी शनिबार असोज २९ गते भरतपुरमा कार्यक्रम आयोजना गरी प्रदान गरिने छ । कार्यक्रममा गजलकार उदासले गजल वाचन गर्ने छन् । सोही दिन गजल मञ्च चितवनको अधिवेशन पनि हुँदै छ ।

चितवनको कालिका नगरपालिका -९, शक्तिखोर निवासी उदास डेढ दशकदेखि गजल लेखनमा सक्रिय छन् । उनले थुप्रै गीतहरू पनि लेखेका छन् । पिँजडा ब्याक अगेन, मेला र झिङ्गेदाउ जस्ता चलचित्रका लागि पनि उनले गीत लेखेका छन् ।

No comments:

Post a Comment