भरतपुर । गजल मञ्च, चितवनको अध्यक्षमा लेखराम सापकोटा निर्वाचित भएका छन् । मञ्चको शनिबार भरतपुरमा सम्पन्न आठौँ अधिवेशनबाट सापकोटाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको छ ।
निर्वाचित पदाधिकारीहरूमा रामकृष्ण अनायास उपाध्यक्ष, सरगम पारु सचिव, लक्ष्मी घिमिरे कोषाध्यक्ष र प्रमिला सानु
सहसचिव छन् । त्यसैगरी सदस्यहरूमा सिम्रन क्षेत्री, सुमन
मुस्कान, कृष्णप्रसाद सिम्खडा, सरस्वती पौडेल र अविरल यात्री रहेका छन्
।
मञ्चको नेतृत्व लिएका सापकोटा अघिल्लो कार्यकालमा उपाध्यक्ष
थिए । अध्यक्ष रहेका द्वारिका नेपालको हृदयाघातका कारण निधन भएपछि सापकोटा कार्यबाहक
अध्यक्ष रहेका थिए । पचासको दशकबाट साहित्य सिर्जनामा सक्रिय सापकोटा गजलसहित कविता, मुक्तकजस्ता बिधामा कलम चलाउँछन् । सहलेखनका
रूपमा `गजलपथका यात्रीहरू´, र `गजल
बिम्ब´ सङ्ग्रह प्रकाशन गरेका सापकोटाले
२०६१ सालमा `श्रद्धाका फूलहरू´ गजलसङ्ग्रह प्रकाशन गरेका छन् । पुस्तक
पठन संस्कृतिका अभियन्ताकारूपमा परिचीत सापकोटा अखबारी लेखनमा पनि सक्रिय छन् ।
निर्वाचन समितिका संयोजक एवम् गजल मञ्च चितवनका पूर्वअध्यक्ष
किसान प्रेमीले निर्वाचित पदाधिकारीलाई सपथ गराएका थिए ।
No comments:
Post a Comment