चितवन । रमेश खतिवडाद्वारा लिखित समालोचनात्मक पुस्तक ‘परिचर्चा’ शनिबार इच्छाकामना– ३, चुम्लिङटारमा गरिएको छ । १० ओटा कृतिमाथि केन्द्रित रहेर तयार गरिएको समालोचनात्मक पुस्तकमा विविध विधाका १२ ओटा समालोचनात्मक लेखहरू समेटिएका छन् ।
पुस्तकको विमोचन कवि कृष्णप्रसाद पोखरेल, गोविन्दप्रसाद पौडेल, एकराज शर्मा, अनिल श्रेष्ठले गर्नुभयो । गोविन्दप्रसाद
पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि कवि कृष्णप्रसाद पोखरेलले युवा
समालोचक रमेश खतिवडा सानै उमेरमा नेपाली साहित्यका विविध विधामा कलम चलाउने व्यक्तित्व
रहेको टिप्पणी गर्नुभयो ।
परिचर्चा समीक्षासङ्ग्रहमाथि टिप्पणी गर्दै समालोचक तेजविलास
अधिकारीले समालोचनात्मक पुस्तकले युवा कवि एवम् कथाकार रञ्जन घिमिरेदेखि स्थापित छन्द
कवि कृष्णप्रसाद पोखरेलको कृतित्व र
व्यक्तित्त्वलाई समेत उजिल्याउँदै स्रष्टाहरूका सृजनात्मक चेतलाई मसिनो ढङ्गले केलाएर कृतिपठनबाट नयाँ ढङ्गको बहस विवेचनाको थालनी गर्नुभएको
बताउनुभयो । कार्यक्रममा बालकविहरू आयाम अधिकारी, प्राप्ति
पोखरेलले बालकविता प्रस्तुत गर्नुभयो भने नारायण पौडेल, रामनाथ त्रिपाठी, श्रीरेन्द्रप्रकाश पोखरेल आदि स्रष्टाहरूले
कविता वाचन गर्नुभयो । नारायण पौडेलले सञ्चालन गर्नुभएको कार्यक्रममा समालोचक रमेश
खतिवडाले आफ्नो समालोचना यात्राका बारेमा विचार राख्नुभयो । कार्यक्रममा लेखकलाई माधवप्रसाद
खनाल, एकराज शर्मा, श्रीरेन्द्रप्रकाश पोखरेल, अनिल श्रेष्ठ, विष्णुप्रसाद सापकोटा, शिव पौडेल, नारायण भट्टराई, रामप्रसाद पौडेल, हिमलाल अधिकारी, रामकृष्ण पौडेल, सङ्गीता पोखरेल आदिले शुभकामना व्यक्त गर्नुभयो
। धादिङ, तनहुँ, चितवन र गोरखाका तीन दर्जन स्रष्टा र साहित्यानुरागीहरूको
उपस्थिति रहेको सो कार्यक्रममा ईश्वरविलास अधिकारीले स्वागत मन्तव्य र वैकुण्ठप्रसाद
पौडेलले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
No comments:
Post a Comment