मेरो आँखाभरि …
- गोविन्दराज
ओझा
मेरो आँखाभरि बसी गयौ ए मेरी सुन्दरी
मेरो
सामु बस्यौ तिमी हेर्दा लाग्छ स्वर्गकी परी
चन्द्रमुखी
मुहार तिम्रो सधै हेरिरहुँ लाग्छ
वसन्तको
हरियालीले सुन्दरता बढाएको लाग्छ
मेरो
दिलको बगैँचामा आएर तिमी बस्यौ
यो
गाउँमा तिमी जस्ती सुन्दरि कहाँबाट आयौ ?
हेरिरहुँ
लाग्ने ती तिम्रा सुन्दर नयनहरू
हेर्दा
हेरिरहुँ लाग्ने सुन्दरी तिम्रो बयान के
गरूँ
आऊ
यो दिलमा ए मेरी मनकी मायालु
तिम्रै
साथ बसिरहुँ लाग्छ मलाई ए सुन्दरी
मेरो
सामु बस्यौ तिमी हेर्दा लाग्छ स्वर्गकी परी ।
No comments:
Post a Comment