लघुकथा
पापिनी स्वास्नी
–भरतमणि भट्टराई
रोहन आफ्नी श्रीमती पवित्रासहित कोठा लिएर सहरमा
बस्थे । उनी बिस्कुट फ्याक्ट्रीमा काम गर्दथे । मध्यमस्तरको कमाइ भए पनि श्रीमतीको
लवाइखुवाइ र चाल चलनले गर्दा महिना धान्न मुस्किल पर्दथ्यो । गहना र फेसनमा रमाएर
गाउँको घरबारी बेच्न बाध्य गराएकी थिई पवित्राले । गाउँका सम्भ्रान्त परिवारमा
हुर्केको रमन पापिनी स्वास्नीका कारण एउटा छोरालाई पनि उचित माया दिन सकेको थिएन ।
रोहन काममा गएपछि पवित्राले कोठामा नाठो ल्याएर उपद्रो मच्चाउँछे । रोहन काममा
गएपछि छोरोलाई स्कुल छाडेर उसका रमाइला क्षणहरू सुरु हुने गर्दथे । नाठोलाई मासुका
परिकार बनाएर बियर र यौनात्मक कार्यमा मस्त रहने पवित्राले रमनलाई जोगी त बनाई नै‚ यसका अलावा सन्तोषसँग बाँच्न पनि दिँदैनथी
। छोराको पनि बिजोग भएको थियो ।
कामबाट हैरान परेर आउँदा खाजा त के कुरा, खाना पकाएकै
थिइन । न त छोरालाई ख्वाएकी थिई ।। ऊ सञ्चो नभएको बहानामा सुतेकी थिई । राम्रा
बोलीले केही सोध्दा झर्कने‚ थर्काउने भएपछि खाना बनाउन खोज्यो तर चामल र
तरकारी नभएपछि घरभेटीसँग सापटी मागेर काम चलायो । छोरालाई गुन्द्रुकको झोलसँग
ख्वाएर पवित्रालाई खान बोलाउँदा हकारेपछि आफू खान खायो । भोलिपल्ट खाना ख्वाएर
छोरालाई स्कुल छोड्न जाँदा अबेर भएर खान नखाई काममा गयो रोहन । त्यसपछि सधैं झैं
उसको लीला सुरु भयो ।
आफ्नो काम गर्ने दराजको चापी बिस्तारामा
छाडिएकाले साथीको सहयोगमा मोटरबाइकबाट कोठामा पुग्दा दुवै नाङ्गै चर्तिकला देखाएको
पायो । लाज पचेकी पवित्रालाई हेर्न नसकेर चापी लिएर काममा आयो रोहन । त्यस दिन स्कुलमा
विशेष कार्यक्रम भएकाले तल्लो कक्षाकालाई छाडिदिएपछि छोरो कोठामा आयो । दुष्ट पापिनी
पवित्राले नाबालकलाई विष ख्वाएर कोठामा छाडी भएभरका सामान र गरगहना लिएर हिँडी ।
रोहन मनमा अनेक कुरा खेलाउँदै अलि छिट्टै
कोठामा आउँदा छोरा मरिसकेको थियो । ऊ आत्तिएर रुन-कराउन लाग्यो । छिमेकीहरू सबै आए
। बिस्तारामा राखिएको चिठीमा रोहनले छोरालाई मारेर मलाई पनि मार्न खोजेकाले ज्यान
जोगाउन हिँडेको लेखिएको रहेछ । प्रहरीकोमा पहिले नै उजुरी दिइएकाले खानतलासी गर्यो
र रोहनलाई दोषी ठहर्याएर जेल चलान गर्यो ।
वास्तविकता पुष्टि भएपछि रोहन जेलमुक्त्त भयो ।
जेलमुक्त भएको थाहा पाएर पवित्राले मार्ने षड्यन्त्र गरी र गोली हान्नका लागि
तयारी गरी । बाटोमा आउँदै गरेको रोहनसामु उभिएर सङ्केत दिई चिनाउँदा गोली उसैलाई
लागेर मरी ।
पोखरा–१०‚ मिलनटोल‚ कास्की
No comments:
Post a Comment