मुक्तक- १
आधी उमेर त्यसै गयो, आधा खोज्दै
छु
रङ्गीन संसार चाहिँदैन, सादा
खोज्दै छु
गारो पो हुँदो रैछ एक्लो जिन्दगी काट्न
यो कृष्णको दुःख बुझ्ने राधा खोज्दै छु
।
मुक्तक-२
जिन्दगीको गोरेटोमा पनि एउटा साथी हुने छ
दिनको सूर्य अस्तएपछि साँझसँगै राति हुने छ
मेरो र तिम्रो जीवनरेखा पनि यसरी नै चल्ने छ
हृदय नै कालो भएपछि माया पनि माथि
हुने छ ।।
मुक्तक-३
कस्ले बनायो यो जातभात ईश्वरलाई थाहा छैन
आज हो कि भोलि
मर्ने यो कसैलाई थाहा छैन
न तेरो न मेरो आखिर रगत त सबको रातै हुन्छ
महिला पुरुष मात्र जात, यो समाजलाई थाहा छैन !
मुक्तक-४
समयअनुरुप नै जिन्दगी बदलिँदो रैछ
भोगाइ गराइले नै जिन्दगी
बदलिँदो रैछ
आज फेरि जिन्दगीले नयाँ मोडमा पुर्यायो
कर्म र सङ्घर्षले नै जिन्दगी बदलिँदो रैछ .
मुक्तक-५
केही पाउनका लागि केही त गुमाउनुपर्दो रैछ
सफल बन्नका लागि सङ्घर्ष त गर्नु पर्दो रैछ
रङ्गीन सपना साकार
बनाउनु छ भने जीवनमा
दुःख कष्टलाई भुली कयौँ चोट त सहनु पर्दो
रैछ ।
सिन्धुपाल्चोक,मेलम्ची -९
No comments:
Post a Comment