पोखरा । साहित्यकार तथा सञ्चारकर्मी सुरज गुरुङलाई पितृशोक परेको छ । उनका पिता सोमबहादुर गुरुङको गए राति ७२ वर्षको उमेरमा आफ्नै निवास मध्यनेपाल-६, भोर्लेटार, लमजुङमा निधन भएको हो ।
सारङ्गी न्युज डटकमका व्यवस्थापक सुरज गीत, गजल र कवितामा कलम चलाउँदै आएका छन् । उनका भाइ कुमार गुरुङ गायनका क्षेत्रमा क्रियाशील छन् ।
स्वर्गीय सोमबहादुर गुरुङका २ छोरा, १ छोरी तथा ३ नाति र २ नातिनी छन् । समाजसेवीको पहिचान बनाएका गुरुङकी श्रीमती सुकमाया गुरुङ नेपाल महिला सङ्घ, भोर्लेटारकी अध्यक्ष हुन् ।
No comments:
Post a Comment