लघुकथा
सम्मोहन
– ईश्वरमणि अधिकारी
“रेखा, तिमी मसँग बिहे गछर््यौ ?” दुई वर्Èअघि बाणिज्य शास्त्रमा स्नातकोत्तर गरेको प्रकाशले मावली गाउ“को छिमेककी रेखालाई एकदिन अचानक भन्यो, जसलाई उसले केही वर्Èअघि देखि मनमनै आप्mनु बनाएको थियो ।
भर्खरै जस्तो बि. ए.को पढाइ सकेर एउटा निजी कम्पनीमा जागिर सुरु गरेकी रेखा राम्री थिई ,चलाख र चुलबुले पनि थिई, निडर र कडा मिजासकी थिई, बिनाभूमिका आप्mना कुरा राखिहाल्थी । उसले तत्काल प्रतिक्रिया जनाई, “तिमीसँग के छ र बिहे गर्ने ? दुई–दुई वर्Èदेखि बेरोजगार छौ, एउटा सानो जागिर त छैन, कसरी पाल्छौ ?”
प्रकाश घाइते भयो, र पनि सम्हालिँदै भन्यो– “जागिर पो छैन त, पढेको छु, मेहनती छु , जागिर खोज्ने जागिर त छ नि मसँग† जवान छु, तिम्रो लागि लायक छु र तिमीसँग बिहे गर्नका लागि मसँग भएको सबैभन्दा ठूलो योग्यता भनेको म तिमीलाई मन पराउँछु र तिमीलाई एकदम माया गर्छु ।”
रेखाले हाँस्दै भनी, “अरे बाबा ! मन पराएर र माया गरेर मात्रै पुग्छ ? हैसियत चाहिन्न ? अहिलेको जमानामा सबैभन्दा ठूलो कुरा त हैसियत हो र हैसियतको सीधा सम्पर्क सम्पतिसँग हुन्छ, सुख, सन्तोÈ, माया, प्रेम सबै पैसामा अडेको हुन्छ† धन सम्पति नै नभए त्यो निस्तो माया प्रेमले के गर्नु ?”
रेखाको दौलत मोह र जीवनप्रतिको दृष्टिकोण सुनेपछि प्रकाश मुस्कुराउँदै बोल्यो– “अरे यार, पैसा नि हुन्छ नि एकदिन† अहिले पो छैन त† पछि त हुन्छ† आखिर धन दौलत नै सर्बस्व त हैन नि ? आनन्द को स्रोत धन हैन रेखा, मन हो ? अनावश्यक दौलत मोहले मान्छे दुःखी र दरिद्री बन्छ रेखा ।”
“कसरी हुन्छ ? बर्सिन्छ आकासबाट ? कि, उम्रिन्छ धर्तीमा ? जागिरै पाएछौ भने नि यो महंगीमा के नै पुग्छ र ? तिम्रो आदर्श तिमीसँगै राख प्रकाश, कविता–सबिता लेख्न काम लाग्छ ।”
प्रकाशले गम्भीर हुँदै भन्यो– “तिमीले सोचजस्तै कंगाल त छैन नि हो† आमाले सानै उमेरमा छाडेर जानुभो र पो मावलीमा बसेर पढेको त† नत्र बाबाको नाममा भएका घर–जग्गा, बैंक ब्यालेन्स र अन्य व्यवसायहरुको एकलौटी वारिश आखिर मै त हुँ, फरक यत्ति त हो म आप्mनै किसिमले उभिन चाहन्छु, आप्mनै पौरखमा । नत्र सत्तरीको हाराहारीका मेरा बा डाँडामाथिका घाम भैसकेका छन् ।”
रेखा मुस्कुराई र बाटो लागी, उसको बाटो हेरिरह्यो प्रकाश परसम्म, देखुन्जेल† सोचिरह्यो मनभरि कुरा† रेखा जति राम्री छे त्यति हठी पनि छे , एकदिन न एकदिन उसको हठ पग्लिन्छ जरुर ।
प्रकाश फेरि पनि जागिरकै खोजीमा लाग्यो । लगभग तीन–चार हप्ता घरबाहिरै भयो । कहिले कुनै कम्पनीको लिखित परीÔा, कहिले कुनै बैंकमा अन्तर्वार्ता, आवश्यकताका विज्ञापनहरुमा सपना साट्नु र त्यही सपनामा रेखास“ग रमाउनु उसको दिनचर्याजस्तै बनेको थियो । एक मन त लाग्थ्यो, सबै कुरा बाबालाई भनू“ र उनकै व्यवसाय सम्हालूँ† र सँगै, रेखालाई पनि तर उसको मनले मानेन ।
एक महिनापछि घर फर्कंदा सुनै–सुनले पुरिएकी, सिन्दूर, चुरा, पोतेमा सजिएकी रेखालाई आप्mनै घरमा देख्दा उसलाई स्वप्नजस्तै लाग्यो । दङग प¥यो ऊ । उसलाई हेर्दै मुस्कुराउँदै उसकै घरभित्र छिरी । भान्सामा गई । चिया बनाई र उसलाई दिँदै भनी– “ल बाबु चिया खाऊ, थाकेर आयौ हौला । छोटो बाटो पो हिड्नु पर्छ ।”
No comments:
Post a Comment