- विष्णु तिवारी ‘उषा’
१.
दौडिरहेछ
सत्यको पूजारी त्यो
नरकभित्र ।
२.
पिँजडाभित्र
मुक्तिको अभिलाषा
मृत्युवरण ।
३.
अकर्मण्यता
धाक रवाफ ठुलो
आकासे वृत्ति ।
४.
तिम्रो त्यो मन
मन्दिरको मुर्ती झैँ
श्रद्धा र भक्ति ।
५.
जलेको मन
कठ्याङग्रिएको छ
कुरीतिभित्र ।
६.
बैँसालु हावा
न विष न ओखती
खहरे खोलो ।
७.
डुब्दै उत्रिँदै
मनको बलेसिमा
प्रणय छाया ।
चितवन
No comments:
Post a Comment