गीत
- बिर्सना बस्नेत
रुन्नँ भन्छु भइदिन्छ नयन भरिभरि
सम्झना र मनको तस्बिर मेटाऊँ कसो गरी
न सकियो भाग्य लेख्न न सकियो मेट्न
किन आयौ जिन्दगीमा छुरा बनी रेट्न
नआउनू सपनीमा भेट्न घरिघरि
सम्झना र मनको तस्बिर मेटाऊँ कसो गरी
कसो गरी चिन्नु मैले को आफ्नो को पराई
मन भुलाउन कहाँ बसूँ हिमाल, पहाड, तराई
उडी जाऊँ ठाउँ छैन पिँजडाकी चरी
सम्झना र मनको तस्बिर मेटाऊँ कसो गरी
पोखरा
No comments:
Post a Comment