गजल
-
मणि डुम्रे
जब
आफैँलाई आफैसँग भर लाग्दैन
जिउन
रहर लाग्दैन, मर्न डर लाग्दैन
तिमी
भए पो यो रमझम यो झिलीमिली
तिमीबिना
मसानघाट लाग्छ, यो शहर लाग्दैन
तिम्रो
यौवन र जवानीले शहर नै लट्ठिन सक्छ
चुम्बनको
टीका लगाई जाऊ, कसैको नजर लाग्दैन
ज्वरो
आउँदा निधार समाउँदै ढाडस दिने
जब
आमा हुँदिनन् नि आफ्नै घर, घर लाग्दैन
उफ्रिउफ्री
चिच्याएर आफ्नो औकात बतायौ
विचार
गर-
पानी जति तताए पनि तर लाग्दैन
गरिबी, बेरोजगारी र झुटो
प्रेमको शिकार भएपछि
भनिदिनुस्
त कसको दिमागमा चक्कर लाग्दैन ?
पोखरा
No comments:
Post a Comment