आलेख
यी कर्मशीलहरु
मनहरुले ऋतु खोज्छन् । प्रत्येक ऋतुको परिवर्तनसँगै आउने हावाको गन्धले मन जवान हुन्छ । जीवनलाई मोहअसारको मध्य बितिसक्दा पनि आकासमा बादल छैन । झरीमा रुझ्ने दिनहरु त परै जाओस्, यतिखेर खेतका कलिला धानका बोटहरु र हावामा बहेलिएर खेल्ने र रमाउने मनहरुसमेत चर्को घाम र गर्मी खेप्न बाध्य छन् ।
यी कर्मशीलहरु
मनहरुले ऋतु खोज्छन् । प्रत्येक ऋतुको परिवर्तनसँगै आउने हावाको गन्धले मन जवान हुन्छ । जीवनलाई मोहअसारको मध्य बितिसक्दा पनि आकासमा बादल छैन । झरीमा रुझ्ने दिनहरु त परै जाओस्, यतिखेर खेतका कलिला धानका बोटहरु र हावामा बहेलिएर खेल्ने र रमाउने मनहरुसमेत चर्को घाम र गर्मी खेप्न बाध्य छन् ।
मान्छेकाक बनाउँछ । अनुभूतिहरुलाई ताजा पार्छ । ऋतुहरुले नयाँ चेतना दिन्छ । त्यसैले हामीले श्वास लिँदा र फेर्दा हुने श्वासप्रश्वासको प्रक्रियामा प्रत्येकपल्ट मरिरहेका हुन्छौँ र बाँचिरहेका हुन्छौँ । सास फेर्दा हामी मर्छौं र सास लिँदा एउटा नयाँ चेतना र अनुभूतिको जन्म लिएर बाँच्छौँ । मान्छेको शरीरको भौतिक उपस्थिति रहुन्जेल यो प्रक्रिया दोहोरिइरहन्छ नै ।
कहिलेकाहीँ जब मलाई आँबुखैरेनी चोकको गाडीहरुको हर्न, मान्छेहरुको चिच्याहट, भिड र कोलाहलले दिक्क बनाउँछ अनि सडकमा बेफिक्रीले हुर्किरहेका यी बेथितिहरुलाई सडकको एउटा छेउमा उभिएरै धारे हात लगाएर सराप्नु मन लाग्छ । फेरि म यो अस्तव्यस्ततालाई छाडेर एकैछिन शिवमन्दिरछेउछाउ मस्र्याङ्दीको किनारमा पुगेर एकान्त खोज्छु र सिर्जनाका नयाँ अभिव्यक्ति खोज्छु ।
यो मध्य असारको मध्यान्ह, म केही लेख्छु भनेर बसेको छु । यतिबेला नेपाली राजनीतिका थुप्रै खटपटीहरु छन् र हामीभित्रका थुप्रै छटपटीहरु छन् । अझै धेरै उल्झनहरु छन् बाँकी । यी उल्झनहरुभित्र हामी सबै छौँ ।
एक वर्षदेखि ‘शारदा देउराली’ पत्रिकाको काम बन्द भएको छ । नत्र सधैं जस्तो त समाचार सङ्कलन, भेटघाट, छलफल र दौडधुपका कामहरु भइरहन्थ्यो । ‘शारदा देउराली’ आँबुखैरेनीमा पहिलोचोटि प्रकाशन भएर स्थानीय स्तरमा पत्रकारिताको आवश्यकता र खाँचोलाई टारेको थियो । र, यसले स्थानीय पत्रिकाको महत्वलाई थप उजागर गरेको पनि हो । पत्रिकालाई फेरि निकाल्नुप¥यो भन्ने स्थानीय बुद्धिजीवी, शुभचिन्तक र सहयोगी साथीहरुको सल्लाह पनि नआएको होइन तर आफ्नै कार्यव्यस्तताले पनि यसको काम थाल्न सकेको छैन । ‘शारदा देउराली’जस्तै बन्द भइसकेको आँबुखैरेनी पोष्टलाई भने भगवान् खनालले जेनतेनले धानेका छन् । उनको यो क्रियाशीलताबाट पत्रकारिताको क्षेत्रमा आशा गर्न सक्ने ठाउँहरु छन् । पत्रिकाको जगेर्ना र यसको जिम्मेवारी कुनै न कुनै ठाउँबाट फेरि हामी सबै आँबुखैरेनीवासीहरुको पनि हो र यो सामूहिक खाँचो पनि हो ।
असारको खडेरी झेल्दै निसास्सिरहेको बाँझा खेतहरु र राजनीति, यी दुवै अहिले नेपाली जनताको लागि उस्तै पीडा र कष्टकर बनेका छन् । ऋतु फुल्न छाडेपछि समयले गतिहीनता ल्याउँदो रै’छ । बिस्तारै हराउँदो रै’छ संवेदना र मान्छे क्षीण शक्तिहरुले घेरिँदै जाँदो रै’छ ।
यो मध्य असारको मध्यान्ह, म केही लेख्छु भनेर बसेको छु । यतिबेला नेपाली राजनीतिका थुप्रै खटपटीहरु छन् र हामीभित्रका थुप्रै छटपटीहरु छन् । अझै धेरै उल्झनहरु छन् बाँकी । यी उल्झनहरुभित्र हामी सबै छौँ । कहिलेकाहीँ सोच्ने गर्छु– हामी आँबुखैरेनीवासीहरुको चाहना, इच्छा, भविष्य, प्राप्ति र हाम्रो हिँडाइको लक्षित गति कहाँनेर हो ? जहाँबाट नेपाली राजनीतिले हुर्काएको अन्यौल, अस्थिरता, अविश्वास, अराजकता र अनिर्णय बोकेर हामी उभिएका छौं, त्यहीँनेर एउटा सामाजिक विकृति र विसङ्गतिको ठिमीले संस्कृति हामीभित्र नराम्रोसँग हुर्किरहेको छ । र, आँबुखैरेनीका खेतका खुल्ला गह्राहरुमा मस्तसँग यति बेला कुलतका धुवाँहरु मडारिन्छन् । यो धुवाँभित्र हाम्रा सन्तानका कति सपनाहरु टोलाउँदै मडारिरहेका छन् ? हामीलाई कुनै पर्वाह छैन । हामी मुकदर्शक छौं ।
शिवमन्दिर परिसरभित्र टहल्दै गर्दा भेटिन्छन् रत्नबहादुर कँुवर । अत्यन्तै सरल र शालीन सामाजिक व्यक्तित्व । उहाँकै संरक्षकत्व र रेखदेखमा यहाँको मनोरमताले यति वयस्कता पाएको पक्कै हो भन्ने लाग्छ । आफ्नै हातले बगर गोडेर हुर्काएको पूmलहरुको रङले उहाँको ६ दशक बूढो आँखामा अहिले खुसीहरु थपेको छ । कलमले व्यक्त गर्न नसकिरहेका कविताका सुन्दर पङ्तिहरु मैले उहाँका आँखाहरुबाट पोखिएको देखेको छु । केही महिनाअघि यहीँ बसेर बयोवृद्ध कवि ओजराज देवकोटाले ‘सङ्क्षिप्त पद्यरामायण’ काव्य सिर्जना गरेका थिए ।
०००
केही बर्ष अघिसम्म दरौंदी र मस्र्याङ्दी नदीमाथि आउने पानीको बाढीले बनाएको उजाड बगर थियो त्यो ठाउँ । वरपरका गाउँहरुबाट लास बोकेर ल्याउने मलामीहरुको लागि मस्र्याङ्दीको किनारासम्म पुग्ने एउटा असजिलो बाटो थियो त्यो । मान्छेहरुका लागि सधैं निर्जन र एकान्त थियो त्यो बगर । बर्खामा बाढी सुसाउँथ्यो र बाढीले ल्याएको दाउरा बटुल्न मस्र्याङ्दीको छेउछाउ कराउँदै हिँड्ने मान्छेहरुको कोलाहलबाहेक प्रायः अरु दिन चराहरुको स्वरसम्म सुन्न सकिँदैनथ्यो त्यहाँ ।
०२४÷०२५ सालताका, राम शाह स्कुलले भर्खरै प्राथमिक तहको पढाइ सुरु गरेको साल थियो त्यो । नजिकै मझुवा बगर र मान्छेहरुले आवादी गरेर बस्न सुरु गरेका झुप्रा बस्तीहरु थिए । पारि मझुवादेउराली थियो र वारि मझुवाखैरेनी । बीचमा यी दुई मझुवाहरुलाई जोड्ने मस्र्याङ्दी नदीमाथि हालिएको झोलङ्गे पुल । बूढाहरु भन्छन् – त्यही बगरहरुबाट नजिकै रहेको केही समथर परेको जमिन हेरेर खड्गबहादुर बेगनासी, मुक्तिबहादुर केसी, मेघबिलास खनाल, चन्द्रबहादुर बाचे, बीरबहादुर थापालगायतका केही समाजसेवीहरुले पहिलोपल्ट त्यहाँ प्राथमिक स्कुल खोले तर गर्मीको याममा स्कुल छाडेर पौडी खेल्न गएका दुई जना विद्यार्थीहरुको नदीमा बगेर मृत्यु भएपछि भने त्यहाँबाट स्कुल हटाएर अन्यत्रै सार्नुपर्ने निर्णय अभिभावकहरुले गरे । नदीको छेउभन्दा टाढा एउटा अग्लो थुम्कोमा स्कुल स¥यो । त्यसपछि अभिभावकहरुले विभिन्न डर, त्रास र हाउगुजीहरु देखाएर पुराना प्राथमिक स्कुल रहेको मस्र्याङ्दीको छेउछाउतिर आफ्ना केटाकेटीहरुलाई खेल्न जान निषेध गरे । ठूलाहरुले केटाकेटी तर्साउन मस्र्याङ्दीकोे दोभानमा खेल्ने भूतप्रेतका कथाहरु सुनाउन थाले र केटाकेटीहरुको मस्तिष्कमा त्यसका छायाँहरुले अजीव किसिमका चित्रहरु हुर्काइरह्यो ।
‘‘खैरहनीको शाब्दिक अर्थ लास जलेर बनेको खरानीको थुप्रो भन्ने बुझिन्छ । यो शब्द लोकोक्ति हुँदै अपभ्रंश भएर खैरेनी हुँदै आएको हुनसक्छ ।” आँबुखैरेनीको नामकरणसँग भाषाविद् डा. जगदीशचन्द्र भण्डारी आफ्नो मत यसरी राख्छन् ।
यसरी त्यो ठाउँ निर्जन, एकान्त, भयानक र अनकण्टार बन्दै गइरहेको थियो । कसैलाई त्यहाँ पुग्नु हम्मेसी गाह्रो पथ्र्यो । त्यो एउटा बेग्लै भूगोलजस्तो थियो । दोभानको एउटा छेवैमा एउटा पुरानो ठाँटी थियो । वरपरका गाउँका कोही बिरामी पर्दा र जीवनको अन्तिम क्षण बाँकी रहँदा उनीहरुलाई त्यहाँ ल्याइन्थ्यो र राखिन्थ्यो । भनिन्थ्यो, त्यहाँ आउने कुरुवाहरु भूतप्रेतसँग खेल्न सक्नेहरु मात्र हुन्छन् । त्यो ठाउँ मसानघाटको नामले वरिपरि गाउँहरुतिर चिनिएको थियो ।
सुन्दा अनौठो र तिलस्मीजस्तै लाग्छन् हामीलाई ती ठाउँहरु तर त्यही उजाड बगरहरुलाई अहिले कायापलट गरिदिएका छन् समाजसेवी रत्नबहादुर कुँवर र बाबा सुरेश गिरीले । १३० बर्षभन्दा बूढो एउटा वरको विशाल छायाँमुनि बनेको छ शिव मन्दिर, बौद्व गुम्बा, वृद्वाश्रम, सत्यसाइ केन्द्र र विभिन्न सामाजिक संघसस्थाका भवनहरु । नदीपारि रामशाहघाट छ । राजा रामशाहको अन्तिम दाहसंस्कार भएको एउटा ऐतिहासिक घाट । मस्र्याङ्दी र दरौदी नदीले बनाएको दोभान ।
‘‘खैरहनीको शाब्दिक अर्थ लास जलेर बनेको खरानीको थुप्रो भन्ने बुझिन्छ । यो शब्द लोकोक्ति हुँदै अपभ्रंश भएर खैरेनी हुँदै आएको हुनसक्छ ।” आँबुखैरेनीको नामकरणसँग भाषाविद् डा. जगदीशचन्द्र भण्डारी आफ्नो मत यसरी राख्छन् ।
मझुवा भनेको नदी किनारको बस्ती । मझुवाखैरेनी हँुदै पछि बन्न आएको नाम हो आँबुखैरेनी । यही आँबुखैरेनीको एउटा पहिचान बनाउन लागिपरेका छन् रत्नबहादुर कुँवर । उनी अहिले ६७ बर्षका भइसके । शिवमन्दिर संरक्षण समितिका अध्यक्षसमेत रहेका उनी एकताका दिलिप घरेलु ढाका टोपी तथा कपडा उद्योगका मालिक थिए । कर्मशील उद्यमी । पोखरा र पाल्पाका ढाकाका उत्पादनहरुपछि उनका घरेलु ढाकाका उत्पादनहरु त्यो बेला नेपालमा प्रसिद्ध मानिन्थ्यो तर घरेलु कपडाका उत्पादनहरुप्रति सरकारको कुनै स्पष्ट आर्थिक नीति नबनेपछि घरेलु व्यापार खस्कँदै गयो र २०५२ सालमा उनले यो व्यापार छाडे ।
कहिलेकाहीँ बाटामा भेटिन्छन् उनी । यही समाजमा यस्ता मान्छेहरु पनि भेटेको छु मैले जसले आफ्नो सामाजिक कार्यलाई लेनदेनको मूल्यमा बार्गेनिङको बिषय बनाउँछ । हेर्दा बाहिरबाट जति भद्र लाग्छन् ती, भित्रबाट नाप्ने हो भने त्यस्ता मान्छेहरुको भाउ रत्तिभर कौडीको जति पनि देखिँदैन । त्यस्ताहरु कहिल्यै आदरणीय र उदाहरणीय हुन पनि सक्दैनन् । समाजमा त्यस्ताको भाउ सेयर बजारमा सधैं अस्थिर र थपघट भइरहने धितोपत्र बोर्डले झुण्ड्याउने सूचीपत्र जस्तो लाग्छ मलाई जो सधैं हल्लाहरुले समाजमा टिक्छन् र उसका हर्कतहरुलाई समाजले सहन बाध्य हुन्छन् । यस्ता मान्छेहरुको जमातबाट भिन्न र अलग स्वभावका छन् रत्नबहादुर कुँवर । प्रायः सार्वजनिक सभा, समारोहमा उतिसारो उपस्थित हुन नचाहने कँुवर मञ्चहरुमा कहिल्यै देखिँदैनन् । भाषण र वक्तव्य उनको रुचिको बिषय कहिल्यै भएन । शान्त स्वभावका उनी हल्ला गरेर हिँड्दैनन् र आफ्नो कामको प्रचारबाजी पनि कहिल्यै गर्दैनन् ।
यतिखेर शिवमन्दिर परिसर धार्मिक पर्यटकीय दृष्टिले महत्वपूर्ण बन्दै गइरहेको देखिन्छ । मनकामना मन्दिर जाने आउने पदयात्रीहरुको लागि यो ठाउँ प्रवेशमार्ग बनेको छ । बदलिँदो जमानासँगै विवाहका चलन चल्तीहरु क्रमशः फेरिँदै गइरहेको समयमा नव वरबधूका जोडीहरुलाई यो परिसर मिलनबिन्दु बनेको छ । यो परिसरको शान्त रमणीयताले स्थानीयदेखि टाढाटाढाबाट आउनेहरुलाई पनि आकर्षित गर्छ । स्याङ्जा, कास्की, गोरखा, लमजङ, चितवनदेखिका बरबधू पक्षका मान्छेहरुले यहाँ आएर आफन्तहरुको विवाह गर्ने गराउने गरेको मन्दिरका पूजारी बताउँछन् । यहाँ हुने विवाह परम्परागत विवाहभन्दा अलग खालका हुने पनि उनी बताउँछन् । दुई पक्ष भेला हुन्छन् । केटा र केटीले एकअर्कालाई वरमाला पहि¥याइदिन्छन् । सामान्य खानपिन हुन्छ र विवाह सकिन्छ । समयले बिस्तारै विवाहको मान्यतालाई फेरिदिएको छ ।
“यी दुई नदीले बनाएको सङ्गमजस्तै यी दुई केटा र केटीको सङ्गम स्थल बनेको छ आज यो ठाउँ । यिनीहरुको जीवनको उत्तराद्र्ध यो नदीजस्तै अब यहीँबाट प्रवाहमय भएर अघि बढोस् ।” गोरखा ताप्ले घर भएका वर र चितवन घर भएका बधुको विवाहमा उपस्थित भएका एकजना निम्तालुको भनाइ थियो यो ।
“कहिलेकाहीँ आफूले गरेको कामप्रति सोचेर हेर्दा ठिकै गरेछु जस्तो लाग्छ । आनन्द आउँछ तर गर्न अझै बाँकी छ ।” रत्नबहादर कँुवर भन्छन् ।
रामशाह उच्च माविबाट उपयोगमा नआएका केही जग्गा स्वामित्वमा लिएर मन्दिर निर्माण कार्य सुरु गरेका कँुवरले २०५६ सालमा सप्ताह लगाएर उठेको रु ११ लाखले हालको संरचनामा रहेको मन्दिरहरु निर्माण गरे । बञ्जर जमिन र बगरलाई सिञ्चित गरे र हरियाली पारे । स्वर्गीय आमा रणकुमारीको स्मृतिमा चौतारो निर्माण गरे । स्वर्गीय बुबा कमलबहादुर कँुवरको स्मृतिमा खानेपानीको ट्याङ्की बनाए र उनलाई यो कार्यमा साथ दिए १० बर्ष अघि त्यहाँ आएर बस्न थालेका बाबा सुरेश गिरीले । त्यहाँ पुग्ने जो कोहीले यी दुवैलाई कहिले ढुङ्गा बोकिरहेको भेट्नेछन् । कहिले फूलका बिरुवाहरु गोडिरहेको देख्नेछन् । कुनै समय स्नातकको पढाइ सकेर कम्युनिष्ट विचारले प्रभावित भई राजनीतितिर दौडिरहेको छोरालाई तह लगाउन बुबाले हातमा व्यापार व्यवसाय थमाइदिएको बताउने कुँवरले यो उमेरमा पनि आपूmलाई समाजसेवा गरिरहन अप्ठ्यारो नभएको बताउँछन् । उनी काम गर्न कत्ति पनि सङ्कोच मान्दैनन् र त बगरका ढङ्गा र माटोसँग खेलिरहन्छन् । उनी सरल छन् । शालीन छन् । एकचोटि त्यस ठाउँमा पुगेर फर्कने सबैका आँखाहरुमा यी दुई कर्मशील व्यक्तित्वहरु सधैं खेलिरहन्छन् ।
No comments:
Post a Comment