पोखरा । प्रसिद्ध गजलकार स्व. प्रकट पगेनी ‘शिव’ को अर्धकदको शालिक बन्ने भएको छ ।
उनको
प्रथम स्मृति दिवसको अवसरमा रूपा- ५ देउरालीमा शालिक शिलान्यास गरिएको प्रकट पगेनी
‘शिव’ स्मृति प्रतिष्ठानका अध्यक्ष टिकाराम पगेनीले जानकारी दिए । शनिवार रूपा
गाउँपालिका अध्यक्ष नवराज ओझाले शालिकको शिलान्यास गरेका थिए । समग्र रूपा तथा
देशकै गहनाका रूपमा रहेका साहित्यकार पगेनीको सम्मानमा शालिक निर्माण गर्न लागिएको
हो । त्यस्तै रूपा वाङ्मय प्रतिष्ठानले पनि प्रकट पगेनी ‘शिव’को स्मृति दिवसकै
अवसरमा उनको सम्झनामा प्रकट पगेनी ‘शिव’ स्मृति पुरस्कार प्रदान गर्ने गरी
प्रकट पगेनी ‘शिव’ स्मृति अक्षयकोष स्थापना गर्ने घोषणा गरेको छ भने अक्षयकोष
स्थापनामा सहयोग गर्न सबैलाई आह्वान
गरेको अध्यक्ष आदर्श पोखरेलले जानकारी दिए ।
२०१३
असोज २४ गते रूपा-५, देउरालीमा जन्मेका प्रकट पगेनी ‘शिव’ को २०८१ वैशाख ४ गते
निधन भएको थियो । तगारो छेउ आएर पनि..., किन राख्यो चोखो मुटु... लगायत लोकप्रिय
गीतकार गीतकार पगेनीका ‘यो मन कतै अल्झेको छ’ र ‘जूनको चिठी जुनालाई’ गीत सङ्ग्रह,
‘प्रणयवेदका ऋचाहरू’ गजल सङ्ग्रह र ‘अक्षरभरि अक्षता’ कविता सङ्ग्रह प्रकाशित छन्
।
No comments:
Post a Comment