रूपामा कविता प्रतियोगिता - सम्मोहन साहित्यिक पत्रिका

नयाँ सामग्री


Sunday, March 9, 2025

रूपामा कविता प्रतियोगिता



पोखरा । रूपा वाङ्मय प्रतिष्ठानले अन्तर्राष्ट्रिय  नारी दिवसका अवसरमा आयोजना गरेको विद्यालयस्तरीय खुला कविता प्रतियोगितामा तथा विविध साहित्यिक, साँस्कृतिक कार्यक्रममा डायमण्ड मा.वि. कि छात्रा सृष्टि लामिछनेको परिवर्तन कविता प्रथम भएको छ । त्यस्तैगरी सैनिक आवासीय महाविद्यालयका उमङ्ग कुँवरको म यसरी फुल्दैछु द्वित्तीय, त्रिभुवन शान्ति मा.वि. कि सुजता सापकोटाको आमाको महिमा तृतीय र सैनिक आवासीय महाविद्यालयकी कृतिका रानाभाटको नारी तिमी हौ र रुपाज्योती मा.वि. कि ममता सुवेदीको नारी अब उठौँ कविताले सान्त्वना स्थान हाँसिल गरेका छन् ।  उक्त कार्यक्रमको निर्णायकमा सञ्जीव पौडेल, सुरज उपाध्याय र रेशम गिरी रहनु भएको थियो ।

प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाइ क्रमश : ४०००, ३०००, २००० र १००० नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको कार्यक्रम संयोजक सुजन गौतम भुजुले जानकारी दिनुभयो ।

उक्त कार्यक्रममा झलक गुरुङ, नविना सुवेदी, पार्थराज सुवेदी, सुजन रानाभाट, विश्वास साधक, विवेक अधिकारी, शर्मिला बसौला, सुजन गौतम भुजु र विना ढुङ्गानाले आफ्नो प्रस्तुती राख्नुभएको थियो भने बलभद्र कुमाल, बिमल बाबू न्यौपाने, डा. निरन्जन कोइराला, राजन सुवेदी र दिपेन्द्र गौतमले बोल्नुभएको थियो ।  उक्त कार्यक्रममा बोल्दै रूपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले यस्ता कार्यक्रमले सिङ्गो गाउँपालिकाको साहित्य, कला तथा संगितको बिकासका लागि सहयोग गर्ने र रूपा वाङ्मय प्रतिष्ठानको श्रीबृद्दीको लागि गाउँपालिका सधै सकारात्मक रहेको र आगामी कार्यक्रमहरुमा पनि समन्वय गर्ने प्रतिबद्दता जाहेर गर्नुभयो ।

वङ्गमय प्रतिष्ठानका अध्यक्ष आदर्श पोखरेलले वङ्गमय प्रतिष्ठानको पहिलो कार्यक्रम हर्षउल्लासका साथ सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै सबै सहभागीहरूलाई आभार व्यक्त गर्नुभयो। उहाँले भने, "यस कार्यक्रमको सफलतामा तपाईंहरूको सहयोग र सहभागिता अत्यन्त महत्त्वपूर्ण थियो। हामीले यो कार्यक्रमसँगै नयाँ युगको आरम्भ गरेका छौं र भविष्यमा अझ ठूलो काम गर्नका लागि तपाईंहरूको निरन्तर समर्थन र प्रेरणा आवश्यक छ।"

अध्यक्ष पोखरेलले यस कार्यक्रमको आयोजना गर्ने अवसर प्राप्त भएकोमा गौरव अनुभव गर्दै प्रतिष्ठानले साहित्य र सांस्कृतिक क्षेत्रमा नयाँ दिशा दिने उद्देश्यलाई पूरा गर्न प्रतिबद्ध रहेको पनि स्पष्ट पार्नुभयो।

रूपा-३, पोल्याङमा सम्पन्न भएको उक्त कार्यक्रम त्यहाँका सम्पुर्ण महिला समुहहरुको विशेष सक्रियता र सहभागितामा सम्पन्न भयो। रूपा गाउँपालिका अध्यक्ष नवराज ओझाको प्रमुख आतिथ्यता र प्रतिष्ठानका अध्यक्ष आदर्श पोखरेलको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रमको सञ्चालन संस्थाका सचिव मदन घिमिरेले गर्नुभएको थियो ।

No comments:

Post a Comment