किसान प्रेमीका प्रकाशोन्मुख गजल कृतिमाथि पाण्डुलिपि बहस तथा एकल गजल वाचन कार्यक्रम - सम्मोहन साहित्यिक पत्रिका

नयाँ सामग्री


Wednesday, December 25, 2024

किसान प्रेमीका प्रकाशोन्मुख गजल कृतिमाथि पाण्डुलिपि बहस तथा एकल गजल वाचन कार्यक्रम

 


भरतपुरपुस १० । अक्षर समूह चितवनको आयोजनामा किसान कुटी भरतपुर १२, कस्तुरी मार्गमा गजलकार किसान प्रेमीको प्रकाशोन्मुख गजल कृति “अञ्जानमा गयौ कि ?” माथि पाण्डुलिपि बहस तथा किसान प्रेमीका एकल गजल वाचन कार्यक्रम गरियो । उक्त कार्यक्रममा किसान प्रेमीले आफ्नो प्रकाशोन्मुख गजल कृतिबाट छवटा गजल हार्मोनियमको सुरसँग मिलाएर सुरतालमा गाएर प्रस्तुत गरेका थिए ।

गजलकार किसान प्रेमीले गजल सुनाए लगत्तै कविडाँडा साहित्य समाजका अध्यक्ष एल् बी क्षेत्रीले उनका गजलका बारेमा स्रोताको धारणा प्रस्तुत गरे । त्यस्तै गरी भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानका उपकूलपति इन्द्र रेग्मीले पनि ती वाचित गजलमाथि आफ्नो अभिमत राखे । उक्त कार्यक्रममा गजल मञ्च चितवनका उपाध्यक्ष कमल अर्यालले पनि आफ्नो प्रतिक्रिया सुनाए । त्यसैगरी गजल मञ्च चितवनका अध्यक्ष रामकृष्ण अनायास, सचिव प्रमिला सानु, सदस्य सुमन घिमिरे, अभिव्यञ्जना साहित्य प्रतिष्ठानका अध्यक्ष विद्या भण्डारी चिरागले सहमति जनाउने काम गरे ।

किसान प्रेमीको निवासमा भएको उक्त कार्यक्रमको सहजीकरण गजलकार विनोद अनुजले गरेका थिए । अक्षर समूह चितवनका अध्यक्ष रमेश प्रभातको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उनले स्वागत मन्तव्य राख्दै कार्यक्रमको सम्पूर्ण जिम्मा गजलकार किसान प्रेमीलाई दिएका थिए । त्यसपछि अनौपचारिक रुपमा गजल गायन र प्रतिक्रिया दिँदै अगाडि बढेको थियो । 



No comments:

Post a Comment