अनिल श्रेष्ठको निबन्धकृतिको विमर्श - सम्मोहन साहित्यिक पत्रिका

नयाँ सामग्री


Friday, July 26, 2024

अनिल श्रेष्ठको निबन्धकृतिको विमर्श

आँबुखैरेनी । निबन्धकार अनिल श्रेष्ठको नयाँ निबन्ध कृति `यो मन कहाँ दुख्छ´ माथि पुस्तक विमर्श कार्यक्रम सम्पन्न भएको छ ।

स्वतन्त्र विद्यार्थी युनियन, आँबुखैरेनी क्याम्पसले आयोजना गरेको विमर्श कार्यक्रममा बिएडमा अध्ययनरत विद्यार्थीहरू अनुशा थापा, आशिका बिक र समालोचक अर्जुन कुमार ढकालले किताबबारे आ- आफ्नो पाठकीय दृष्टिकोण र समालोचकीय धारणा राखेका थिए । क्याम्पस सञ्चालक समितिका अध्यक्ष ऋषि केसीको प्रमुख आतिथ्यता र स्वतन्त्र विद्यार्थी युनियन आँबुखैरेनी क्याम्पसका सभापति निशान मगरको अध्यक्षता रहेको कार्यक्रममा क्याम्पस प्रमुख बाबुराम देवकोटा, आँबुखैरेनी वाङ्मय परिषद्का उपाध्यक्ष सानुकाजी थापाको विशेष उपस्थिति रहेको थियो । कार्यक्रमलाई स्ववियुका सचिव पूजा पोखरेलले सञ्चालन गरेका थिए ।


No comments:

Post a Comment